बिहीबार, असार १० २०७८ | Thu, June 24, 2021
नेपालको समय: ०५:३९ | UK Time: 00:54

उत्तर कोरियाले दक्षिणमा अमेरिकी अधिकारीसँग भेटवार्ता नगर्ने

प्योङयाङ, २५ माघ – ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ । यससम्बन्धी समाचारको उत्तर कोरियाले खण्डन गरेको बताइएको हो ।...

जर्मनीका दलहरूद्वारा ‘बृहत् गठबन्धन’ बनाउने सम्झौता

फ्राङ्कफर्ट, २४ माघ – जर्मनीका तीन वटा राजनीतिक दल ‘बृहत् गठबन्धन’ बनाउने सम्झौतामा पुगेका छन् । कडा सौदाबाजी गरेर दलहरू सम्झौता गर्ने अवस्थामा पुगेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । क्रिश्चियन डेमोक्रयाट युनियन (सीडीयु), क्रिश्चियन...

मालदिभ्सको राजनीतिक संकटबारे विदेशी चासो

माले, २४ माघ – मालदिभ्स्मा बढ्दो राजनीतिक संकटको बारेमा विदेशी चासो बढेको छ । मालदिभ्सको सरकारले प्रधानन्यायाधीशलाई पक्राउगरी हिरासतमा राखेको छ भने संसदमा विपक्षी दलका नेताहरु पनि थुनामा छन् । संयुक्त राष्ट्रसंघले मालदिभ्स्मा जारी गरिएको...

पोर्तुगलमा पत्रकारमाथि खनिए सेफ

लिस्बोन । पोर्तुगलमा गाडी दुर्घटनामा असामयिक निधन भएकी एकजना नेपाली युवती चेतमाया खुलालको लिस्बोनमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पोर्तुगलका चिरपरिचित पत्रकार तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्यालमाथि दुर्वेबहार भएको छ ।...

मालदिभ्समा राजनीतिक संकट गहिरियो, प्रधानन्यायाधीश र पूर्व राष्ट्रपति पक्राउ

माले, २३ माघ – केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको छ । सर्वोच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वोच्च अदालतका...

मालदिभ्समा बढ्दो राजनीतिक सङ्कट

दुबई, यूएई, २२ माघ – मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र त्यहाँको राष्ट्रपतिका कामप्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका छन् । राष्ट्रपति अब्दुल्लाह यमिन...

ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’- उत्तर कोरिया

प्योङयाङ , उत्तर कोरिया, २१ माघ – उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको...

सिरियाली विद्रोहीले रुसी युद्धक विमान खसालिदिए

दमास्कस, २१ माघ – सिरियाली विद्रोही समूहले रुसको एक युद्धक विमानमा हमला गरेको समाचार छ । उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो । विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको...

उत्तर र दक्षिण कोरियाको ‘खेलकूद कूटनीति’

काठमाडौँ, २० माघ – गएको बुधबार दक्षिण कोरियामा उत्तर कोरियाको झण्डा फहराएपछि त्यहाँ उपस्थित उत्तर र दक्षिण कोरियाका नागरिकका आँखा रसाए । हुनतः त्यो झण्डा फहराएसँगै यी दुई देशको आन्तरिक दुश्मनी मेटिएको होइन, तर...

फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

हवाना, १९ माघ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ । केही महिनादेखि विरामी उहाँ पछिल्लो समयमा ‘डिप्रेसन’ मा हुनुहुन्थ्यो । बिहीबार बिहान उहाँले आत्महत्या गरेको...

सुकीको निवासमा बम विस्फोट

याङ्गुन, १८ माघ – म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ । उहाँको निवास परिसरमा बाहिरैबाट विस्फोटक पदार्थ पेट्रोल बम हानिएको समाचारमा जनाइएको छ । पेट्रोल बम...

दक्षिण कोरियामा फहरायो उत्तर कोरियाली झण्डा

सोल, १८ माघ – निकै लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराइएको छ । दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो । सन् १९५० देखि १९५३...
फेसबुक