सिड्नी, ८ भदौ (रासस/एएफपी) – सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् ।
पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनका कारण टर्नबुलको पद गुमेको हो । डटनले टर्नबुलका सुधारवादी कदमहरुको विरोध गरिआउनुभएको थियो ।
अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहनुभएका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गर्नुभएको थियो । यस चुनावमा टर्नबुलका सहयोगी विदेश मन्त्री जुली बिशप पनि चुनावी मैदानमा हुनुहुन्थ्यो तर उहाँ पहिलो चरणमै पराजित हुनुभएको थियो ।
“मेरो सम्पूर्ण सहयोग स्कट मरिसनलाई हुनेछ,” प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै डटनले भन्नुभयो । तर टर्नबुलले भने साथीहरुबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिनुभयो ।
तीन वर्षदेखि सत्ताको बागडोर सम्हाल्नुभएका टर्नबुलमाथि पार्टीभित्र पहिलो सङ्कट गत मङ्गलबार नै आइपरेको थियो, तर त्यसबखत उहाँ अविश्वासको प्रस्ताव पारित हुनबाट जोगिनुभएको थियो । तर, रहस्यमय तरिकाबाट मन्त्रिपरिषद्बाट केही मन्त्रीहरुले एकपछि अर्को गर्दै राजीनामा दिए, र सरकारमाथि नै सङ्कट आइलाग्यो ।
राजनीतिबाट अवकाश लिएसँगै टर्नबुलको सिड्नी संसदीय क्षेत्रमा उपचुनाव हुनेछ ।
टर्नबुलले अब गभर्नर–जनरल समक्ष सत्तारुढ दलभित्रको घटनाक्रमबारे जानकारी गराउनुहुनेछ र गभर्नरले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्नुहुनेछ ।
पूर्व आप्रवासन मन्त्रीको कार्यभार समेत सम्हाल्नु भएका मरिसन आप्रवासी नीति कडा बनाउनुपर्ने पक्षधर नेता हुनुहुन्छ ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला