सिड्नी, ८ भदौ (रासस/एएफपी) – सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् ।
पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनका कारण टर्नबुलको पद गुमेको हो । डटनले टर्नबुलका सुधारवादी कदमहरुको विरोध गरिआउनुभएको थियो ।
अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहनुभएका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गर्नुभएको थियो । यस चुनावमा टर्नबुलका सहयोगी विदेश मन्त्री जुली बिशप पनि चुनावी मैदानमा हुनुहुन्थ्यो तर उहाँ पहिलो चरणमै पराजित हुनुभएको थियो ।
“मेरो सम्पूर्ण सहयोग स्कट मरिसनलाई हुनेछ,” प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै डटनले भन्नुभयो । तर टर्नबुलले भने साथीहरुबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिनुभयो ।
तीन वर्षदेखि सत्ताको बागडोर सम्हाल्नुभएका टर्नबुलमाथि पार्टीभित्र पहिलो सङ्कट गत मङ्गलबार नै आइपरेको थियो, तर त्यसबखत उहाँ अविश्वासको प्रस्ताव पारित हुनबाट जोगिनुभएको थियो । तर, रहस्यमय तरिकाबाट मन्त्रिपरिषद्बाट केही मन्त्रीहरुले एकपछि अर्को गर्दै राजीनामा दिए, र सरकारमाथि नै सङ्कट आइलाग्यो ।
राजनीतिबाट अवकाश लिएसँगै टर्नबुलको सिड्नी संसदीय क्षेत्रमा उपचुनाव हुनेछ ।
टर्नबुलले अब गभर्नर–जनरल समक्ष सत्तारुढ दलभित्रको घटनाक्रमबारे जानकारी गराउनुहुनेछ र गभर्नरले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्नुहुनेछ ।
पूर्व आप्रवासन मन्त्रीको कार्यभार समेत सम्हाल्नु भएका मरिसन आप्रवासी नीति कडा बनाउनुपर्ने पक्षधर नेता हुनुहुन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा