
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्डलगायत केही क्षेत्रमा आप्रवासनसम्बन्धी विषयसँग जोडिएका तनाव तथा अशान्तिका घटनाहरू सार्वजनिक भइरहेको सन्दर्भमा बेलायतमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सतर्क रहन आग्रह गरेको छ।
अध्यक्ष राजेन्द्र पडासैनीद्वारा बुधबार जारी प्रेस वक्तव्यमा कुनै पनि अफवाहमा विश्वास नगरी स्थानीय काउन्सिल, सुरक्षा निकाय तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरिएको छ। आवश्यक परे प्रहरी तथा सम्बन्धित नगरपालिकासँग सम्पर्क गरी सहयोग लिन पनि आग्रह गरिएको छ।
एनआरएनए यूकेले विशेषगरी विद्यार्थी तथा नयाँ आगन्तुक नेपालीहरूलाई परिस्थितिबारे सचेत र जानकारीपूर्ण रहन अनुरोध गर्दै आफ्नो परिवार, समुदाय र साथीभाइसँग नियमित सम्पर्कमा रहन सुझाव दिएको छ ।
वक्तव्यमा शान्ति, आपसी सद्भाव, कानुनको सम्मान र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै कुनै पनि उत्तेजनात्मक गतिविधिबाट टाढा रहनुपर्ने उल्लेख गरिएको छ। नेपाली समुदायले सधैंझैँ एकता, संयम र पारस्परिक सहयोगको भावना कायम राख्ने विश्वास व्यक्त गर्दै संघले सबैलाई आफ्नो तथा परिवारको सुरक्षाप्रति आवश्यक सावधानी अपनाउन पुनः आग्रह गरेको छ।
एनआरएनए यूकेले बेलायतमा विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै, आवश्यक परे सम्बन्धित निकायहरूसँग समन्वय गर्दै नेपाली समुदायलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराइने जनाएको छ ।

डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?