काठमाडौँ, ५ भदौ – मध्यपूर्वका देशमा कार्यरत नेपालीले भोग्नुपरेका समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को छैटौँ मध्यपूर्व क्षेत्रीय बैठक संयुक्त अरब इमिरेट्स(युएई) को दुबईमा शुरु हुँदैछ ।
यही भदौ ७ गतेदेखि शुरु हुने सो बैठकमा घरेलु कामदारका समस्या, अंगभंग र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र निःशुल्क टिकट तथा प्रवेशाज्ञाको कार्यान्वयनका बारेमा छलफल हुने एनआरएनएका प्रवक्ता भूषण घिमिरेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालीम, फर्केर आएका युवायुवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना र समायोजन, सामाजिक सुरक्षा कोष, हजारे अभियानलगायत विषयमा समेत बैठकमा छलफल हुने विज्ञप्तिमा जनाएको छ ।
बैठकले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ ।
विदेशबाट पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन, वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न बैठकले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ ।
बैठक यही भदौ ९ गतेसम्म चल्नेछ ।
एनआएनएले आफ्नो स्थापनाकालदेखि नै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन समयसापेक्ष सुधारका लागि सरकार तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।
यस क्षेत्रमा करीब २० लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको एनआरएनएले जनाएको छ । नेपाल भित्रने कुल विप्रेषण (रेमिट्यान्स) को ६० प्रतिशत मध्यपूर्वबाट नै आउने विभिन्न अध्ययनले देखाएका छन् ।
बैठकमा नेपालबाट खानेपानी मन्त्री बीना मगर, पूर्वश्रममन्त्री रमेश लेखक, श्रम मन्त्रालयका उच्च अधिकारीलगायत एनआएनएका प्रतिनिधिको सहभागिता रहने जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी