नयाँ दिल्ली, भारत, १ भदौ (रासस/एएनआइ) – हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ ।
केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उहाँको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँलाई छोरी नमिता भट्टाचार्यले दागवत्ती दिनु भएको थियो ।
भारतका दशौँ प्रधानमन्त्री वाजपेयीको बिहीबार बेलुका ५ बजेर ५ मिनेट जाँदा देहान्त भएको थियो । झण्डै नौ हप्तादेखि उहाँको अल इन्डीया इन्ष्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा उपचार गरिएको थियो । उपचार सफल नभएपछि बिहीबार ९३ बर्षको उमेरमा वाजपेयीको निधन भएको हो ।
अन्त्येष्टि समारोहमा राष्ट्रपति राम नाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, उपराष्ट्रपति भेनकाय नाइडु, गृह मन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टी (विजेपी)का अध्यक्ष अमित शाह, रक्षा मन्त्री निर्मला सितारमण, विजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी लगायतका विशिष्ट व्यक्ति तथा नेताहरु सहभागी हुनुभएको थियो ।
त्यसैगरी भूटानका राजा जिङमे केसर नाम्गेल वाङचुक, बङ्लादेशका विदेश मन्त्री अबुल असन मोहमुद अली, श्रीलङकाका कार्यबहाक विदेश मन्त्री लक्ष्मण किरएला र अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कार्जाइ पनि वाजपेयीको अन्त्यष्टी समारोहमा सहभागी हुनुभएको थियो ।
निधनपछि बिहीबार राती वाजपेजीको शव दिल्लीमा रहेको उहाँको निवासमा राखिएको थियो भने उहाँलाई श्रद्धाञ्जलि दिन शुक्रबार बिहानबाट मध्याह्न १.३० बजेसम्म दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको थियो । त्यसपछि उहाँको शवयात्रा निकालेर अन्त्येष्टी स्थलमा लगिएको थियो ।
तीन पटक मुलुकको प्रधानमन्त्री बन्नु भएका प्रिय नेता वाजपेयीको अन्तिम विदाईपछि भारतमा अहिले शोक छाएको छ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा