
पारस चाम्लिङ
काजाब्लांका क्यासेल्लो, बेल्जियम । किरात समुदायको मौलिक चाड उभौली साकेला ५०८६ बेल्जियमको ऐतिहासिक सहर लुभेनमा भव्य रूपमा मनाइएको छ ।
किरात राई सोसाइटी बेल्जियमको आयोजनामा उभौली साकेला मनाइएको हो । कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
उभौली साकेला किरात समुदायको एक प्रमुख चाड हो, जुन खेतीपाती सुरु र पाकेपछी थन्काउने समयसँगै प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै मनाइन्छ । कार्यक्रममा साकेला सिली नाच, पारम्परिक भेषभूषा, गरगहना पहिरन जातीय संगीत, झलकहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका भिडियो सन्देशमार्फत बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत सेवा लम्सालले विदेशमा रहेका नेपालीहरूले आफ्नो संस्कृति जगेर्ना गर्न गरेका प्रयास अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता मौलिक पर्वहरू प्रवासमा नेपालीहरूको पहिचान जोगाउने मेरुदण्ड हुन् । साकेलाले प्रकृति र समुदायसँगको सहजीविताको सन्देश दिन्छ ।’
प्रमुख अतिथि लुभेन नगरका उपमेयर लोथे रामाकर्सले नेपाली समुदायको सांस्कृतिक बहुलता देखेर खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपालको विविधता र सांस्कृतिक धरोहर देखेर म प्रभावित भएँ । यो विविधता विश्वकै सम्पत्ति हो ।’

नेपाल र बेल्जियमबीचको सांस्कृतिक सम्बन्धको सराहना गर्दै उपमेयर रामाकर्सले भन्नुभयो- ‘तपाईंहरूको संस्कृति अत्यन्त जीवित र सशक्त छ । यस्ता कार्यक्रमले सहिष्णुता र मैत्री बढाउँछन् ।’
स्टाड लुभेनका उपमेयर दिर्क भेन्सिनाले पनि कार्यक्रमलाई समर्थन जनाउँदै भन्नुभयो, ‘लुभेन सहर सधैं बहुसांस्कृतिक सहकार्यको पक्षमा छ । नेपाली समुदायले यो सहकार्यलाई अझ समृद्ध बनाएका छन् ।’
कार्यक्रममा लुभेन महानगर परिषद् सदस्य तथा पहिलो पटक नेपालीमूलबाट अत्याधिक बहुतका साथ निर्बाचित सुर्य ढकालले नेपालीको विविधता हाम्रो पहिचान भएको र साकेलाको सबैमा शुभकामना दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङसहित युरोपभरिबाट आएका किरात तथा अन्य नेपाली संघसंस्थाका अगुवाहरूले पनि आ–आफ्ना मन्तव्य राख्दै साकेला चाडको महत्त्वमा प्रकाश पारे । विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष कमल पन्थीले किरात सम्बत ५०८६ रोमन, ग्रिक, मिश्र सभ्यताभन्दा पुरानो रहेकोले यो सभ्यतालाई उत्खनन गरेर गए मानव इतिहासकै पुरानो सभ्यता रे बुझ्न पर्यटकको ओईरो लाग्ने बताउनुभयो ।
जर्मनी राई सोसाईटी अध्यक्ष तथा एनआरएनए निवर्तमान अध्यक्ष निनाम्मा राईले भन्नुभयो, ‘साकेला हाम्रो आत्मा हो । यो चाड मनाउनु भनेको हाम्रा पुर्खा र प्रकृतिलाई सम्झनु हो ।’

किरात राई सोसाईटी पोर्चुगल अध्यक्ष अधि सोताङले भन्नुभयो, ‘प्रवासमा साकेला मनाउँदा बालबालिकाले पनि आफ्नो जरा र पहिचान बिर्संदैनन् ।’
किरात राई समुदाय स्वीटजरल्यान्डका सामदुंग राईले भन्नुभयो, ‘यस्ता आयोजनाहरूले हाम्रो साझा संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर दिन्छ ।’
किरात राई समुदाय जर्मनीका अध्यक्ष हेन्खामा राईले भन्नुभयो, ‘हामी जतिसुकै टाढा भए पनि संस्कृति हाम्रो जीवनको मूल हो ।’ सिलिम्मपा-ममा किरात राई सोसाइटी पोर्चुगलका प्रतिनिधि वीरेन राई , अजित राई ,एलिसा राई, सरू राईले साझा भनाइमा उल्लेख गर्नुभयो, ससाकेला एक दिनको नाच मात्र होइन, यो हाम्रो जीवन दर्शन हो ।’
किरात राई सोसाइटी स्पेनका अध्यक्ष युवराज राईले सन्देशमा भन्नुभयो, ‘स्पेनमा पनि यस्ता कार्यक्रम सुरु गर्न प्रेरणा मिल्यो ।’
नेफिन बेल्जियम निवर्तमान अध्यक्ष बिरमान मगरले भन्नुभयो, ‘साकेला किरात सभ्यताको आत्मा हो। हामीले यसलाई पीढी दरपीढी हस्तान्तरण गर्नुपर्छ ।’
विश्व मगर संघ बेल्जियमका अध्यक्ष कल्पना मगरले सांस्कृतिक साझेदारीले हाम्रो सहकार्य बलियो बनाउने बताउनुभयो भने शेर्पा समाज बेल्जियमका अध्यक्ष दावा फिन्जो शेर्पाले सामुदायिक सहकार्य र सम्मानले नेपालीहरूको उपस्थिति अझ मजबुत बनाउने धारणा राख्नुभयो ।
तामाङ समाज बेल्जियमका अध्यक्ष लालिङ तामाङले भन्नुभयो, ‘सांस्कृतिक पहिचान कायम राख्न हामी सबै मिलेर अघि बढ्न जरुरी छ ।’
कार्यक्रमले प्रवासी नेपालीहरूमा सांस्कृतिक गर्व र आत्मीयता थप बलियो बनाएको आयोजक संस्थाले जनाएको छ । किरात राई सोसाइटी बेल्जियमले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र अन्तर्राष्ट्रिय सांस्कृतिक सहकार्यका लागि तत्पर रहने बताएको छ ।
साकेला चाड कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्वकेन्द्रीय प्रवक्ता गंगाधर गौतम, नेपाल व्यवसायी संघ बेल्जियम अध्यक्ष काशी दनै, एनआरएनए बेल्जियम दोस्रो अध्यक्ष लोकेन्द्र नेपाल, थकाली सेवा समिति बेल्जियम अध्यक्ष अजित तुलाचन, तमु समाज निवर्तमान अध्यक्ष ओमराज तमु, किरात याक्थङ चुम्लुङका अध्यक्ष बदन योङहाङ, प्रवासी नेपाली मन्च बेल्जियम अध्यक्ष रमेश पौडेल, जनप्रगतिशील मन्च अध्यक्ष मनिस गुरुङ, जनसम्पर्क समिति बेल्जियम महामन्त्री गोविन्द अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी सल्लाहकार डिल्लीराम भन्डारी, श्रम संस्कृति पार्टी अध्यक्ष वाईबी गुरुङ, एनआरएनए निवर्तमान अध्यक्ष सिता सापकोटा, क्याट बेल्जियम पूर्बअध्यक्ष राजु घिमिरे, पूर्बेली समाज अध्यक्ष अनन्त वस्ती, कास्की समाज अध्यक्ष जीवन गुरूङ, नवलपरासी समाज अध्यक्ष नरहरि सापकोटाको उपस्थिति थियो ।
यसैगरी सांग्रीला समाजकी सबिता दाहाल, नेपाली गेन्ट समाज अध्यक्ष घनश्याम शर्मा, काभ्रेली समाज अन्तर्राष्ट्रिय अध्यक्ष दिनेश उप्रेती, नेपाल पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा, नेबावका निवर्तमान अध्यक्ष चिरन खवास, लुम्बिनी कपिलवस्तु अभियानका महासचिव रश्मि निरौला, काभ्रेली समाज अध्यक्ष उद्धव गौतम, गुल्मी समाजका अध्यक्ष कुल कार्की, एनआरएनए बेल्जियम पूर्वअध्यक्ष खडकबहादुर केसी, चितवन समाजकी उपाध्यक्ष मोहन केसी, संयुक्त किरात समाज अध्यक्ष माकुना राई लिम्बुलगायत अतिथि हुनुहुन्थ्यो ।
साकेलाका बिभिन्न सिलीहरू प्रदर्शन र पितृ प्रकृतिको पूजासहित आरम्भ भएको कार्यक्रममा उपमेयरद्वयसहित विदेशीहरूले समेत सामूहिक रूपमा साकेला नाचेर रमाएका थिए । समाजका अभिभावक नेपालका प्रजातन्त्रका सेनानी रामप्रसाद राईकी बुहारी ८४ वर्षीया शिवकुमारी राईलाई सोसाईटीको तर्फबाट इन्दिरा चाम्लिङले दोसल्ला ओढाई शिर उभ्याउनी कठुवामा आराखा राखेर अभिनन्दन गर्नुभएको थियो ।
कार्यक्रममा किरात र नेपाली झन्डासँगै बेल्जियमको झन्डा पनि राखिएको थियो, जसले द्वैदेशिक समन्वय र सांस्कृतिक सहकार्यको सन्देश दिएको थियो । साथै, लुभेन सहरको नगरपालिका तथा स्थानीय संस्थाहरूको सहकार्यमा कार्यक्रम अझ प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन् ।
किरात राई सोसाइटी बेल्जियमले प्रवासमा बसोबास गर्ने नेपालीहरूबीच सांस्कृतिक पहिचान जगेर्ना गर्न र एकता सुदृढ पार्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रमको समापनमा आयोजक संस्था अध्यक्ष इन्दिरा चाम्लिङले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र समृद्ध सांस्कृतिक आदान–प्रदानको अपेक्षा गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व इन्दिरा राई र स्वागत मन्तव्य मुना राई, महासचिव सबनम राईले सन्चालन गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन देब, सरु, मालती, मोनी, राजेन्द्र , आर्तेन , क्रिष्टिना , किरन ,प्रमिना ,सोनिया, बिब्बाजंग राई , रेणु, मुना, तारा, भबिन, मनि, गोपाल, मदिप, सन्देश राई, आशा, सुनिल, केजिन राईलगायतले गर्नुभएको थियो । भब्य रूपमा सम्पन्न भएको थियो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह