इश्लामावाद, ४ भदौ (रासस-एएफपी) – पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गर्नुभएको छ ।
भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताउनुभयो ।
“हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ,” पाकिस्तानका नयाँ विदेश मन्त्री शाह मेहमुद कुरेशीले भन्नुभयो ।
दोस्रो पटक विदेशमन्त्री भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उहाँले भारतसँगको सम्वन्धकै विषयमा बढी जोड दिनुभएको हो ।
यसअघि आइतबार दिएको पहिलो टेलिभिजन सम्वोधनमा पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले पनि भारतसँगको सम्बन्ध सुधार्नेतर्फ आफ्नो जोड रहने बताउनुभएको थियो ।
“हामीसँग लामो समस्या छ, मलाई वार्ता भन्दा बाहिरबाट यसको समाधान हुन्छ भन्ने लाग्दैन,” कुरेशीले थप्नुुभयो ।
उहाँले भारत र पाकिस्तानबीचमा निकास ननिस्किँदासम्म नटुङ्गिने वार्ताको आवश्यकता रहेको बताउनुभयो ।
बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४७ देखि नै भारत र पाकिस्तानबीच नराम्रो सम्बन्ध रहदै आएको छ ।
विषेश गरेर काश्मिर क्षेत्र आफ्नो देशको सिमाना भित्र पर्ने दुवै पक्षले दावी गरेकाले विवाद हुदै आएको हो भने त्यही विवादका कारण तीन पटक सम्म युद्ध नै भएको थियो ।
खानलाई वधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश पठाएको पनि कुरेशीले जानकारी दिनुभयो । तर भारतीय विदेश मन्त्रालयले भने कुनै औपचारिक पत्र नपठाएको पनि उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।
नयाँ विदेशमन्त्री कुरेशीले नयाँ शीराबाट आफगानिस्तानसँगको प्रेम र मित्रता अगाडी बढाउन चाहेको सन्देश दिन आफुले अफगानिस्तानको पनि भ्रमण गर्ने इच्छा रहेको बताउनुभयो ।
“अफगानिस्तानमा शान्ति र स्थिरता नहुँदासम्म पाकिस्तानमा पनि शान्ति र स्थिरता हुदैन,” उहाँले भन्नुभयो ।
खान नेतृत्वको मन्त्रीपरिषद्मा पनि विदेश मन्त्रीको जिम्मेवारी पाउनुभएका कुरेशी यसअघि सन् २००८ देखि २०११ सम्म पनि विदेश मन्त्री बन्नुभएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी