सिओल, ३ भदौ (रासस/योन्हाप) – उत्तर कोरियाली नेता कीम जोङ–उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता कीमले मुलुकको उत्तरमा निर्माणाधीन परियोजनाको निरीक्षणका क्रममा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाको सकारात्मक पहललाई अझै बुझ्न नसकेको बताउनुभयो ।
पत्नीसहित उच्च अधिकारीका साथमा रहनुभएका कीमले साम्जीयोन काउन्टीमा सञ्चालित विकास परियोजनाको निरीक्षण गर्नुभएको थियो । यो परियोजनास्थल उनका बाबु कीम जोङ–इलको जन्मस्थान हो ।
“दुश्मनले लगाएको प्रतिबन्ध र अबरोधक क्रियाकलापहरु हाम्रो समाजवादमाथिको विकासमा गम्भीर बाधा उत्पन्न गरिरहेका छन्,” कीमको भनाई उद्धृत गर्दै केसीएनएले भनेको छ, “कठिन परिस्थितिमा पनि महान नेताको नेतृत्वमा आमजनताले ऐतिहासिक सफलता प्राप्त गर्नेमा हामी ढुक्क छौं ।”
गत साता कीमले पूर्वी तटीय क्षेत्रमा निर्माणाधीन वोन्सान–कल्माको निरीक्षणका क्रममा पनि दुश्मनहरुले लुटेरा शैलीमा अबरोध गरेको आरोप लगाउनु भएको थियो ।
कीमले अमेरिकाका तर्फबाट दबाब सिर्जना गर्न विगतमा उत्तर कोरिया विरुद्ध लगाइएका आर्थिक तथा अन्य प्रतिबन्धहरु खुला गर्नुको साटो अझ कडा पारेको भन्दै आलोचना गरिरहनु भएको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार मात्र उत्तर कोरियामाथि लगाइएका आर्थिक अबरोधलाई बेवास्ता गर्ने चिनीया र रुसी फर्ममाथि नयाँ प्रतिबन्धहरु लगाएको थियो ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने