जेनोआ, इटाली, ३० साउन – इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोआमा सवारी साधन आवतजावत गर्ने एउटा पुल भत्किँदा भएको दुर्घटनाको खोज तथा उद्धारको कार्य बुधबार राति पनि जारी रहेको अधिकारीहरुले बताएका छन् । अनुसन्धाताहरुले पुल भत्किनुको कारणबारे अनुसन्धान थालेका छन् ।
जेनोआको मोरन्दी पुलको एक भाग भारी वर्षापछि मङ्गलबार भत्किएर रेलमार्गमा खसेको थियो । उक्त दुर्घटनामा परी ३७ जनाको मृत्यु भइसकेको छ । भाँचिएको पुलबाट गुडिरहेका ३५ वटा कार र केही ट्रक १५० फिटमुनि खसेका थिए ।
उद्धारकर्ताहरुले पुल भत्किएको स्थानमा बत्ति बालेर रातभर खोजी गरेका थिए । मृतकको संख्या बढ्न सक्ने अनुमान उद्धारकर्ताहरुले गरेका छन् ।
इटालियन सरकारले “अत्यन्त दुःखद घटना” भन्दै भएको जानकारी दिएको छ ।
जिनोआको लिगुरियामा व्यापक रुपमा भइरहेको वर्षाबीच उक्त पुलको मर्मतसम्भारको कार्य भइरहेको थियो ।
“दुर्भाग्यबस यस दुःखद घटना परी ३७ व्यक्तिको ज्यान गएको र केही व्यक्ति गम्भीर घाइतेको उपचार भइरहेको छ,” गृहमन्त्री म्याटिओ साल्भीनीले बुधबार बताउनु भएको छ । उहाँले भन्नुभयो, “यसका जिम्मेवार व्यक्तिले ठूलो मूल्य चुकाउनु पर्नेछ ।”
यद्यपी इटालीयन सञ्चार माध्यमले गृह मन्त्रालयलाई उद्धृत गर्दै यस घटनामा ज्यान गुमाउनेहरु तीन बालबालिकासहित ३७ पुगेको बताएका छन् । मृत्यु हुनेमा आठदेखि १२ वर्षसम्मका बालबालिका रहेका छन् । यस घटनामा परी १६ व्यक्ति घाइते भएका र ती मध्ये १२ जनाको अवस्था भने चिन्ताजनक छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै