जेनोआ, इटाली, ३० साउन – इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोआमा सवारी साधन आवतजावत गर्ने एउटा पुल भत्किँदा भएको दुर्घटनाको खोज तथा उद्धारको कार्य बुधबार राति पनि जारी रहेको अधिकारीहरुले बताएका छन् । अनुसन्धाताहरुले पुल भत्किनुको कारणबारे अनुसन्धान थालेका छन् ।
जेनोआको मोरन्दी पुलको एक भाग भारी वर्षापछि मङ्गलबार भत्किएर रेलमार्गमा खसेको थियो । उक्त दुर्घटनामा परी ३७ जनाको मृत्यु भइसकेको छ । भाँचिएको पुलबाट गुडिरहेका ३५ वटा कार र केही ट्रक १५० फिटमुनि खसेका थिए ।
उद्धारकर्ताहरुले पुल भत्किएको स्थानमा बत्ति बालेर रातभर खोजी गरेका थिए । मृतकको संख्या बढ्न सक्ने अनुमान उद्धारकर्ताहरुले गरेका छन् ।
इटालियन सरकारले “अत्यन्त दुःखद घटना” भन्दै भएको जानकारी दिएको छ ।
जिनोआको लिगुरियामा व्यापक रुपमा भइरहेको वर्षाबीच उक्त पुलको मर्मतसम्भारको कार्य भइरहेको थियो ।
“दुर्भाग्यबस यस दुःखद घटना परी ३७ व्यक्तिको ज्यान गएको र केही व्यक्ति गम्भीर घाइतेको उपचार भइरहेको छ,” गृहमन्त्री म्याटिओ साल्भीनीले बुधबार बताउनु भएको छ । उहाँले भन्नुभयो, “यसका जिम्मेवार व्यक्तिले ठूलो मूल्य चुकाउनु पर्नेछ ।”
यद्यपी इटालीयन सञ्चार माध्यमले गृह मन्त्रालयलाई उद्धृत गर्दै यस घटनामा ज्यान गुमाउनेहरु तीन बालबालिकासहित ३७ पुगेको बताएका छन् । मृत्यु हुनेमा आठदेखि १२ वर्षसम्मका बालबालिका रहेका छन् । यस घटनामा परी १६ व्यक्ति घाइते भएका र ती मध्ये १२ जनाको अवस्था भने चिन्ताजनक छ ।
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार