काठमाडौं-२०१८ को फिफा विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २–० नतिजा सुम्पिएको छ । शनिबार भएको प्लेअफको खेलमा इंग्ल्याण्डले पराजय ब्यहोरेसँगै बेल्जियम जारी विश्वकपमा तेस्रो भएको छ ।
हारसँगै इंग्ल्याण्ड भने चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । विजेताको मुख्य दाबेदार ठानिएको बेल्जियमको स्वर्णिम पुस्ता सेमिफाइलनमा फ्रान्ससँग निराश भएपछि उसले हात पारेको यो सफलता अहिलेसम्मकै ठूलो हो । यसअघि बेल्जियमले चौथो स्थानमात्र हात पारेको थियो ।
इंग्ल्याण्डको फाइनल खेल्ने सपना भने क्रोसिया बाधक बनेको थियो ।
बेल्जियमका लागि थोमस मेउनियरले गोल गर्दै चौथो मिनेटमै अग्रता दिलाएका थिए । उनले नासेर चाइलीको क्रसको फाइदा उठाउँदै उत्कृष्ट गोल गरेका थिए । त्यसपछि इंग्ल्याण्डले केही उत्कृष्ट मौका पाएपनि गोलमा परिणत गर्न सकेन ।
दोस्रो हाफमा पनि केही समय बेल्जियममाथि इंग्ल्याण्डले दबाब बनाएको थियो । केही सुन्दर मौका सिर्जना गरेको इंग्ल्याण्ड गोल भने गर्न सकेन । ८२ औं मिनेटमा बेल्जियमका कप्तानले इंग्ल्याण्डको डिफेन्सलाई तोड्दै उत्कृष्ट गोल गरेका थिए ।
त्यसपछि इंग्ल्याण्डलाई खेलमा फर्किन ढिला भइसकेको थियो भने उसको तेस्रो हुने सम्भावना पनि टाढा भइसकेको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण