लण्डन। बेलायतको हल विश्वविद्यालयले प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ।
प्रा. सुवेदीलाई सन् २०२० मा उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभीडको कारणले गत दुइ वर्षदेखि हुन नसकेको दिक्षान्त समारोह अहिले सम्पन्न भएको हो ।
उक्त विश्वविद्यालयकी कूलपति व्यारोनेस भर्जिनिया बटमलिले प्रा. सुवेदीलाई महाविद्यावारिधिको उपाधि प्रदान गरिन्। उनले प्रा. सुवेदीको सम्मानमा एक रात्री भोजको आयोजना पनि गरेकी थिइन्।
प्रा. सुवेदीले सन् १९८८ मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथमभै कानूनमा स्नातकोत्तर गरेका थिए। हालै मात्र उक्त विश्वविद्यालयले प्रा. सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मूलन र मानवको मानव भएर बांच्न पाउने बिषयमा संसारमा जो सुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरष्कार पनि स्थापना गरेको थियो।
यस अघि विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान