
एन्त्रोपेन (बेल्जियम) । बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन गरिएको छ ।
सुन्दर नगरी एन्त्रोपेनमा नेपालीहरूको एक बृहत् भेलाले वाईबी गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो । सहसंयोजकहरूमा कुल मगर, सन्तोष खड्का, सोनाम शेर्पा र लक्ष्मीकुमार पाठक रहनुभएको छ । महासचिवको भूमिकामा कमल गुरुङ र सचिव गंगा ईदिङ्गो लिम्बुलाई चयन गरिएको छ । कोषाध्यक्षमा सबनम राई र सहकोषाध्यक्षमा सन्देश राई चयन हुनुभएको छ ।
सदस्यहरूमा बलबहादुर लिम्बु, तारा गुरुङ (राई), लाक्पा डिमा शेर्पा, अनिश बमरेल मगर, बिनोद महर्जन, रामकुमार राई, रिना गुरुङ, मालती राई, ओम थारू, बिन्दु गौतम, भिम राई, भविन राई, अनिता गुरुङ, जुनु राई, सृजना मगर, नन्दा गुरुङ, शुष्मा गुरुङ, उर्मिला राई, श्रेया राई, गोपाल साम्पाङ, इन्दिरा चाम्लिङ, राजन राई र सुबास चाम्लिङ कोत्रिक रहनुभएको छ ।
जेन-जी आन्दोलनपश्चात् स्थापना भएको उक्त पार्टीमा आस्था राख्ने नेपालीहरूबीच प्रवासमा पार्टीका गतिविधि र एजेन्डालाई सक्रिय बनाउन गहन छलफल गरी नयाँ कार्यसमिति चयन गरिएको हो । ज्येष्ठ नागरिक तथा श्रम अगुवा श्रमदाता धनकुमार राईको अध्यक्षतामा सम्पन्न भेलामा श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय महासचिव आरेन राई र केन्द्रीय सचिव ब्रिदिम शर्मालगायतका नेतृत्वसँग प्रत्यक्ष भिडियो लाइभमार्फत शुभकामना प्रदान गरिएको थियो ।
समिति गठनसँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले दार्चुलामा निर्माणाधीन झोलुङ्गे पुलका लागि आर्थिक सहयोग समेत संकलन गरिएको छ । कोषाध्यक्ष सबनम राईको पहलमा १ हजार ८ सय १९ युरो र सुबिन राईको पहलमा ९ सय ३०.९९ युरो गरी जम्मा २७४९.९९ युरो संकलन भएको छ, जुन नेपाली रुपैयाँ ४ लाख ७८ हजार ४ सय ९८ हुन आउँछ ।
उक्त रकम दार्चुलाको पुल निर्माणका लागि पार्टीको केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ । साथै पुल निर्माणकै क्रममा खटिने टोलीको खाजा र पानीका लागि समेत थप रकम संकलन भएको र उक्त रकम पनि छिट्टै केन्द्रलाई हस्तान्तरण गरिने जानकारी समितिले दिएको छ ।
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु