
पाटन (ललितपुर) । बेलायतमा बसोबास गर्दै आउनुभएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता संग्रह ‘थेम्सको लहरमा तमोरको स्पर्श’ विमोचन गरिएको छ ।
ओयाम सरोकार समाज, काठमाडौँद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा साहित्यकार एवम् लेखक खगेन्द्र सङ्ग्रौलालगायतले कृति विमोचन गर्नुभयो । त्यस अवसरमा सङ्ग्रौलाले उक्त कृतिमा देश छोड्नु पर्ने विवशता, प्रवासी जीवनका विषय, मानव जीवनको जरा, नारी चेतनाका बिषय समेटिएको बताउनुभयो ।
चलचित्र निर्देशक एवम् कवि नविन लिम्बुले उक्त कृतिमा याक्थुम चेतना, समग्रता, सम्पूर्णता, सहअस्तित्व रहेको उल्लेख गर्दै महिलावादको विषय पनि रहेको भनाइ राख्नुभयो । कवि बिमला तुम्खेवा विश्वव्यापी लेखकीय संरचनामा महिलाहरुको बिषयलाई प्रमुख बनाइने गरेको भन्दै सुन्दर समाज निर्माणका निम्ति सुधारका पक्षमा कविताले समस्या उजागर गरेको उल्लेख गर्नुभयो ।
कृतिको समीक्षा गर्ने क्रममा गुरुङ सुशान्तले उक्त कविता संग्रह स्मृति, भाषा संस्कृति र चेतनाको वैचारिक दस्तावेज भएको बताउनुभयो । नेपाली मानव सभ्यता र सांस्कृतिक अस्तित्वको सङ्कटलाई पुस्तकमा चित्रण गरिएको उहाँको भनाइ थियो ।
कवि शान्ति लिम्बूले निरन्तर अगाडि बढ्नु जीवनको एउटा पाटो भएको उल्लेख गर्दै मनमा आएका धेरै भावना र कुराहरूलाई समेटेर कविता कृति तयार पारेको बताउनुभयो । रत्नपुस्तक भण्डारले प्रकाशन गरेको उक्त कृतिमा स्त्री, प्रकृति, देश र परदेशका विषयवस्तु र भावलाई प्रस्तुत गरिएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल