
लण्डन । बेलायतमा अहिलेसम्मकै सबैभन्दा धेरै गर्मी मंगलबार भएको छ ।
लण्डनको हिथ्रोमा दिउँसो १२:५० बजे ४०.२ डिग्री तापक्रम कायम भएको पाइएको छ भने अन्य स्थानहरुमा पनि तापक्रम बढेको पाइएको छ ।
लिङ्कनसायरको कनिङ्सबेमा अपराह्न ४.१५ बजे ४०.३ डिग्री तापक्रम पुगेको थियो । यस्तै लण्डनको नर्थोल्ट, किउ गार्डेनमा पनि तापक्रम ४० नाघेको छ ।बेलायतमा यसअघि सन् २०१९ मा क्याम्ब्रिजमा ३८.७ डिग्री तापक्रम पुगेको रेकर्ड थियो ।
तापक्रम बढेसँगै लण्डनका विभिन्न स्थानमा आगलागी भएपछि लण्डन बारुणयन्त्र कार्यालयले ‘मेजर इन्सिडेन्ड’ घोषणा गरेको छ भने लण्डनबाहिर पनि दर्जनौँ स्थानमा आगलागी भएको समाचारहरु आएका छन् ।
रेलसेवा सन्चालकहरुले आगलागी र ट्रयाकमा आएको समस्याका कारण विभिन्न रुटमा सेवा अवरुद्ध भएको बताएका छन् ।
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित