
लण्डन । बेलायतमा अहिलेसम्मकै सबैभन्दा धेरै गर्मी मंगलबार भएको छ ।
लण्डनको हिथ्रोमा दिउँसो १२:५० बजे ४०.२ डिग्री तापक्रम कायम भएको पाइएको छ भने अन्य स्थानहरुमा पनि तापक्रम बढेको पाइएको छ ।
लिङ्कनसायरको कनिङ्सबेमा अपराह्न ४.१५ बजे ४०.३ डिग्री तापक्रम पुगेको थियो । यस्तै लण्डनको नर्थोल्ट, किउ गार्डेनमा पनि तापक्रम ४० नाघेको छ ।बेलायतमा यसअघि सन् २०१९ मा क्याम्ब्रिजमा ३८.७ डिग्री तापक्रम पुगेको रेकर्ड थियो ।
तापक्रम बढेसँगै लण्डनका विभिन्न स्थानमा आगलागी भएपछि लण्डन बारुणयन्त्र कार्यालयले ‘मेजर इन्सिडेन्ड’ घोषणा गरेको छ भने लण्डनबाहिर पनि दर्जनौँ स्थानमा आगलागी भएको समाचारहरु आएका छन् ।
रेलसेवा सन्चालकहरुले आगलागी र ट्रयाकमा आएको समस्याका कारण विभिन्न रुटमा सेवा अवरुद्ध भएको बताएका छन् ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त