लण्डन–नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने मंगलबार लण्डन आउने भएका छन् । ३१ मेमा लर्डसमा हुने टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न सन्दीप लण्डन आउन लागेका हुन् ।
उनी आइसीसीको विश्व–११ को टोलीमा परेका छन् जसले ३१ मेमा लण्डनको लर्डसमा वेष्ट इण्डिजसँग ट्वान्टी–ट्वान्टी म्याच खेल्नेछ । त्यसैका लागि सन्दीप मंगलबार लण्डन आउन लागेको विश्वस्त स्रोतले वीनेपाली डटकमलाई जानकारी दियो । ‘लगभग मंगलबार उनी लण्डन आउने पक्का भएको छ,’ सन्दीप निकटस्रोतले भन्यो, ‘लर्डसमा हुने खेलका लागि लण्डन प्रस्थानका लागि उनका लगभग सबै तयारी पूरा भएका छन् ।’
विश्व–११ भनिएको आइसीसीले छानेको टिमबाट सन्दीपले वेष्ट इण्डिज विरुद्ध क्रिकेट खेल्नेछन् । आइसीसीको उक्त टिमको कप्तानी इयान मोर्गनले गर्नेछन् । सन्दीपले खेल्ने विश्व–११ मा भारतका दिनेश कात्तिक, हार्दिक पाण्ड्या, पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, न्युजिल्याण्डका ल्युक रंकी र मिचेल मेक्कलेनेघन, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका रसिद खान छन् ।
वेष्ट इण्डिजको टोलीमा क्रिस गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, स्यामुयल बद्री, एविन लेविसलगायतका खेलाडी छन् । क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त भएका रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो ।
सन्दीप नेपाली क्रिकेटका अहिलेका सर्वाधिक स्टार खेलाडी मानिन्छन् । सर्वाधिक महंगो लिग मानिने भारतको इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सबाट तीन खेल खेलेका उनले जादुयी प्रदर्शन गरेका थिए । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।
चितवनका सन्दीप १७ वर्षकै उमेरमा ग्लोबल स्टारडम निर्माण गर्ने सौभाग्यशाली नेपाली क्रिकेटर समेत हुन् ।
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन