
वासिङ्टन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गरेको छ । प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए । त्यसपछि सुरक्षाकर्मीहरू तत्काल सक्रिय भएका थिए र उनलाई नियन्त्रणमा लिएका थिए ।
घटनाका क्रममा गोली चलेको आवाज सुनिएको थियो र केही अतिथिहरू डराएर टेबलमुनि लुकेका थिए ।
राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानमा लगेका थिए र उहाँ सकुशल रह्नुभएको छ ।
सुरक्षा अधिकारीहरूसँग भएको मुठभेडमा आक्रमणकारीले गोली हानेको र सुरक्षाकर्मीहरूले पनि जवाफी कारबाही गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण गम्भीर क्षति हुनबाट जोगिएको छ । आक्रमणकारीलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ र उनी एक्लै योजना बनाएर आएको प्रारम्भिक निष्कर्ष छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल