पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर

लन्डन । पुन मगर समाज युकेको अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर निर्वाचित हुनुभएको छ । आइतबार १९ अप्रिल २०२६ मा फानबोरोस्थित मगर भवनमा भएको समाजको पाँचौं महाधिवेशनबाट अध्यक्षमा तिलिजा सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा चन्द्रराम खोरजा पुन मगर, महिला उपाध्यक्ष छविमाया पुन मगर, सचिव धन पुर्जा मगर, कोषाध्यक्ष गंगाबहादुर खोरजा पुन मगर, सहसचिव अमृत पुर्जा पुन मगर, सहकोषाध्यक्ष मेखबहादुर तिलिजा पुन मगर, संस्कृति सचिव खीम पुन मगर, सह संस्कृति सचिव लक्ष्मी गर्बुजा पुनमगर चयन हुनुभएको छ ।

सदस्यहरुमा चित्र प्रकाश गर्बुजा पुन मगर, तीर्थ गर्बुजा पुन मगर, खुम पुर्जा पुन मगर, अमृत गर्बुजा पुन मगर, छक तिलिजा पुन मगर, मेशामान पुर्जा पुन मगर, गणेश बुढाथोकी पुन मगर र लिल अर्मजा पुन मगर निर्वाचित हुनुभयो ।

यस्तै युवा अध्यक्षमा प्रकाश चोचाङ्गी र सचिव कमल पाइजा पुन मगर चयन हुनुभएको छ ।

महिला संयोजक बिमला गर्बुजा पुन मगर, सदस्यहरुमा मिनकुमारी पुर्जा पुन मगर, पूर्णमाया राम्जाली पुन मगर चयन भएको निर्वाचन समितिले जनाएको छ । युवा र महिला समिति पन मगर समाज यूकेको नवनिर्वाचित समितिको पहिलो बैठकले गठन गर्ने जानकारी नवनिर्वाचित अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगर जानकारी गराउनुभएको छ ।

निर्वाचन समितिको अध्यक्षमा क्याप्टेन कृष्ण पुन, सचिव तेज राम्जाली र सदस्यमा गणेश बुढाथोकी हुनुहुन्थ्यो । नवनिर्वाचित कमिटीलाई आइतबार नै पद तथा गोपनियताको शपथ खुवाइएको छ भने निर्वाचित प्रमाणपत्र दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री