
लन्डन । बेलायतमा म्याग्दी संगठन (मोना) यूकेको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।
शनिबार २५ अप्रिल २०२६ मा फार्नबोरोस्थित सामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेजमा मोना यूकेले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली नयाँ वर्ष २०८३ को अवसरमा मोना यूके शुभकामना साँझ भव्य रूपमा सम्पन्न गरेको हो ।
कार्यक्रमको प्रारम्भ दीप प्रज्वलन, नेपाल र बेलायतको राष्ट्रिय गान, साथै संस्थाका दिवंगत सदस्यहरूको सम्झनामा दुई मिनेट मौन धारण गरी गरिएको थियो ।

मोना यूकेका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतस्थित नेपाली दूतावास लन्डनका तृतीय सचिव झुपलाल पुन मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक लालबहादुर पुन मगर (लालु) ले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने कार्यक्रम सञ्चालन महासचिव मन्दिप जुग्जाली मगरले गर्नुभएको थियो ।
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि झुपलाल पुन मगर, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर तथा पूर्वअध्यक्ष दल जुग्जाली मगरले नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरले समारोह सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमिति, कलाकार, अतिथि तथा उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उक्त अवसरमा रसमोर बरो काउन्सिलका काउन्सलर ग्यारेथ विलियमलगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा विदेशमा बसोवास गर्ने नेपालीहरूको हित पर्याप्त रूपमा नसमेटिएको विषयमा स्पष्ट पार्दै जानकारी गराउनुभयो ।


सांस्कृतिक सचिव शिला थापा मगरको संयोजनमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरू ललिता पुन, निरुता पुन, सरिष्मा राम्जाली, आस्मा छन्त्यालका साथै स्थानीय कलाकारहरू मेगोमी गर्बुजा र चर्चित गायक गगन पुन मगरले बेजोड सांगीतिक प्रस्तुति दिनुभएको थियो । उक्त अवसरमा धौलागिरि नौमती बाजा र अन्नपूर्ण गाउँपालिका पुर्ख्यौली समूहले मौलिक कला प्रदर्शन गरेका थिए भने कार्यक्रमको सञ्चालन नेत्रमान गर्बुजा मगर र रिया रोका मगरले गर्नुभएको थियो ।
कार्यक्रममा म्याग्देली समुदाय तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।








बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ