
लन्डन । नेपाली राजदूतावास लन्डन परिसरमा शनिबार नेपाली बालबालिकाहरुले वृक्षरोपण गरेका छन् ।
गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपालसँग जोड्ने उद्देश्यले दूतावासले आयोजना गरेको ‘वान चाइल्ड, वान प्लान्टः अ डे एट द नेपाल एम्बेसी’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले बिरुवा रोपेका हुन् ।
शनिबार बिहानै बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिका केन्सिङ्गटन प्यालेस गार्डेन्सस्थित दूतावास परिसरमा भेला भए । आफ्ना अभिभावकसँग भेला भएका करिब ४० जना विद्यार्थीहरुले रमाईरमाइ दूतावास परिसरमा फूल तथा बिरुवा रोपेका हुन् ।
बालबालिकाहरूलाई राजदूतावास भ्रमण गराउनुका साथै नेपालप्रतिको लगाव अभिवृद्धि गर्ने, नेपाली संस्कृति र मूल्य मान्यताप्रति सचेत गराउने तथा वातावरणीय चेतना विकास गराउने उद्देश्यले कार्यक्रम राखिएको बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले बताउनुभयो ।

रचनात्मक कार्यक्रम आयोजना गरेकोमा बालबालिका तथा अभिभावकले दूतावासलाई धन्यवाद दिए ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान