
लन्डन । लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष पूर्णराज गुरुङको सभापतित्वमा अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा शनिबार १८ अप्रिल २०२६ मा आयोजित सभामा विभिन्न पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने समाजका गतिविधि, भावी योजना र घर खरिदसम्बन्धी कार्ययोजनाबारे छलफल गरिएको थियो । साथै, ट्रष्टीको भूमिका, युवाको सहभागिता र आर्थिक व्यवस्थापनका विषयमा पनि प्रस्तुति राखिएको थियो । महासचिव कृष्ण गुरुङले १८औं वार्षिक साधारणसभादेखि अहिलेसम्मको समाजको गतिविधिहरुबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तैगरी कोषाध्यक्ष उमरजंग (यूजे) गुरुङले आर्थिक प्रतिवेदन, आमा समूहकी उपाध्यक्ष मनिता (मुना) गुरुङले आमा समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समाज घर खरिद योजनाबारे संयोजक तथा संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले पावर पोइण्टद्वारा कार्ययोजना प्रस्तुत गर्नुभयो । क्याप्टेन दिपक घलेले नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्री भण्डारी (साम्बा) को उपचारार्थ समाजका सदस्यहरुले सहयोग गरेको रकम हस्तान्तरण गरेको बारे प्रस्तुति राख्नुभएको थियो ।

सभामा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, पूर्वाध्यक्षहरु कृष्ण गुरुङ, तुलाराम गुरुङ, विश्वजंग गुरुङ, ट्रष्टी शेर सुनार, सल्लाहकार पूर्णचन्द्र म्हेगीलामा गुरुङ र आमा समूहकी संस्थापक अध्यक्ष तथा सल्लाहकार ईन्द्र गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियो भने गत वर्षका कार्यक्रम संयोजकहरूलाई सम्मान गरिएको थियो । गत वर्षको मुख्य तीन विशेष कार्यक्रमका संयोजकहरु वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्षद्वय कुमार गुरुङ र श्रीमती माला गुरुङलाई अध्यक्ष पूर्णराज गुरुङले क्रेगी खादा लगाई सम्मान गर्नुभएको हो ।
नेपालबाट भर्खरै बेलायत आउनुभएकी लोकप्रिय गायिका मन्जु विकलाई समाजकी प्रथम महिला जमुना गुरुङले खादा र पुष्पगुच्छा दिई स्वागत गर्नुभयो ।

अध्यक्ष पूर्णराज गुरुङले यस वर्षको समरपार्टी तथा हाउजिंग प्रोजेक्ट च्यारिटी डिनर कार्यक्रमको संयोजक वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, नेपाली मेलाको सहभागिताको लागि संयोजक उपाध्यक्ष माला घले र विन्टर पार्टी संयोजक उपाध्यक्ष कुमार गुरुङलाई जिम्मेवारी दिनुभयो ।
साधारणसभा सञ्चालन महासचिव कृष्ण गुरुङले गर्नुभएको थियो भने समाजका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले बैठकको महत्त्वबारे प्रस्ट्याउनुभएको थियो ।
अन्त्यमा अध्यक्ष पूर्णराज गुरुङले सदस्यहरूको योगदानप्रति आभार व्यक्त गर्दै सभा समापन गर्नुभएको थियो ।


बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो