सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: ०८:१० | UK Time: 03:25

सुनकोशी पीडितको सहयोगमा जुट्यो एनआरएनए

वीनेपाली
२०७१ साउन २१ गते ९:४३

nrn

लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले अघिल्लो साताको भिषण पहिरोले सुनकोशी नदी थुनिएर ठूलो जनधन क्षति भएकामा दुःख व्यक्त 
गर्दै पीडितहको सहयोगका लागि काम थालेको छ । अध्यक्ष शेष घलेको निर्देशनमा परिषदको मानवीय सहायता समितिले सहयोग संकलन थालेको हो ।

मानवीय सहायता संकलनका लागि संस्थाका महासचिव एवं समिति संयोजक कुमार पन्त र अन्तर्राष्टिय समन्वय परिषद सदस्य सहसंयोजक कुल आचार्यलाई जिम्मा दिइएको छ । ‘यस प्राकृतिक विपत्तिमा पीडितलाई सहयोग गर्नु हामी सबैको दायित्व पनि हो’, आचार्यले भने, ‘विश्वव्यापी रुपमा आर्थिक सहयोग संकलन शुरु भइसकेको छ ।’
उनले पीडितको सहयोगका लागि सबैमा आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक