
लन्डन । किरात सुनुवार सेवा समाज यूकेले स्याँदार पिदार (उभौली) पर्व मनाएको छ।
हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा मनाइने उभौली पर्व बेलायतमा रहेका सदस्यहरूको कार्यव्यस्तता र सबैको सहज सहभागितालाई मध्यनजर गर्दै शनिबार १६ मे २०२६ का दिन सामुयल कोडी स्कुलमा भव्य रूपमा मनाइएको हो ।
समाजका अध्यक्ष आकाश सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष योगेश कोयी राईको प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । विशेष अतिथिहरूमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, मगर संघ यूकेका प्रतिनिधि नेत्र पुन, ग्रेटर रसमूर नेप्लिज कम्युनिटीकी अध्यक्ष लीला सेलिङ माबोतथा समाजका विशेष अतिथि गोर्खा मेजर शुबराज सुनुवार रहनुभएको थियो ।

कार्यक्रममा विशेषगरी भाले ढोल टोली तथा पोथी ढोले नृत्य टोलीको प्रस्तुति अत्यन्त उत्कृष्ट, आकर्षक र प्रशंसनीय रहेको सहभागीले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष योगेश कोयी राईले आदिवासी (मुलवासी)हरुको मौलिक कला, संस्कृति, परम्परा र सामूहिक एकतालाई अझ मजबुत बनाएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि यस्तै सिर्जनात्मक, ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर सफलतापूर्वक आयोजना भइरहोस् भन्ने शुभकामना व्यक्त व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा समुदायका सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्ष सुनुवारले कार्यक्रम सफल पार्न भूमिका खेल्ने सम्पूर्ण सहयोगी, अतिथि तथा समाजका सदस्यहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायको एकता, संस्कृति र पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

तस्बिर : कमला देवी गुरुङको फेसबुकबाट
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव