
नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साझा अधिकारमुखी संस्था नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन यही जेठ ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ । नेपाल मगर संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १३ औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी पूरा भएको जानकारी दिएको छ ।
“ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३ औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पारौं” भन्ने मूल नारासहित महाधिवेशन आयोजना गर्न लागिएको हो ।
महाधिवेशनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने र उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रअघि मगर समुदायको मौलिक संस्कृति, भेषभूषा र पहिचान झल्किने सांस्कृतिक ¥याली भृकुटीमण्डपबाट सुरु भएर पुतलीसडक हुँदै कमलादी पुगेर सभामा परिणत हुने नेपाल मगर संघका महासचिव टेक नाम्जाली मगरले जानकारी दिनुभएको छ ।
देशभरका ६८ जिल्ला, सात प्रदेश समिति, नौ भ्रातृ संस्था तथा १३ प्रवास शाखाबाट करिब सात सय प्रतिनिधिको सहभागिता रहने संघले जनाएको छ ।
संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नु मात्रै नभई संगठनात्मक पुनर्संरचना, आदिवासी जनजातिको अधिकार, सांस्कृतिक अस्तित्व, भाषिक विविधता र समावेशी प्रतिनिधित्वजस्ता विषयमा नीतिगत बहस समेत गर्ने बताउनु भएको छ ।
महाधिवेशनको बन्दसत्र भने जेठ ९ र १० गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सञ्चालन हुने जनाइएको छ ।
वि.सं. २०३९ फागुन १५ गते स्थापना भएको नेपाल मगर संघले ऐतिहासिक आन्दोलन र सामाजिक एकताको माध्यमबाट मगर समुदायलाई संगठित गर्दै आएको छ । विगतदेखि मगर समुदायको पहिचान, भाषा, संस्कृति र अधिकार संरक्षणका मुद्दा उठाउँदै आएको नेपाल मगर संघले संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक सहभागिताको बहसमा पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]