
लन्डन । स्कटल्याण्डको एवर्डिन सहरमा बाल साहित्य गोष्ठी सम्पन्न भएको छ ।
नेपाली साहित्य विकास परिषद् यूके, द पोइट्री ग्रुप एवर्डिन,नेप्लीज हिमालयन एसोसिएसन स्कटल्याण्ड र ओएनसीडब्लु गरी चारवटा संस्थाको संयोजनमा २५ मे २०२६ मा एवर्डिनस्थित स्थानीय कम्युनिटी समारोह हलमा दोस्रो बाल साहित्य गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीलाई सम्बोधन गर्नुहुँदै नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतस्थित नेपाली बालबालिकाहरूलाई क्रमश: नेपाली भाषा साहित्य संस्कृतिप्रति अभिरुचि र आकर्षण बढाउँदै लैजाने उद्देश्यले बेलायतका विभिन्न सहरहरूमा अवस्थित नेपाली संघसंस्थाहरूसँग मिलेर परिषद्ले बाल साहित्य गोष्ठीहरूको आयोजना गर्ने गरेको र पदक पुरस्कारहरूद्वारा प्रोत्साहन गर्ने गरिएको बताउनुभयो ।
परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५मा नै बेलायतमा नेपाली भाषा साहित्य र संस्कृतिजस्ता नेपाली पहिचान र परिचयहरू मेटिन नदिन भावी सन्ततिहरूलाई समेट्दै लैजान पनि परिषद्को स्थापना सन् १९९५ मा लन्डन गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष मल्लले यस प्रकारका कार्यक्रमहरूले बालबालिकाहरूमा विदेशमा आफ्नो भाषा, साहित्य, संस्कृति आदि नेपाली पहिचानहरूप्रति सकारात्मक सोच र स्नेह जगाएको चर्चा गर्नुभयो । साथै यसअघि यस्ता बाल साहित्य गोष्ठी लन्डन, वकिङ्स्टोक रिडिङमा सम्पन्न गरिसकिएको र निरन्तर गरिरहने कुरा बताउनुभयो । बाल कविगोष्ठी सहआयोजक रामराज पहारीले संस्थाका पदाधिकारी र सहभागी बालबालिका र अभिभावकहरूमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
यसैगरी द पोइट्री ग्रुप एवर्डिनका संयोजक नवीन के क्षेत्रीले बेलायतको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतमा नेपाली भाषा साहित्यको फाँटमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो,’केही वर्षअघि पनि परिषद्सँगै संयोजन गरेर यस्तै साहित्य गोष्ठी सम्पन्न गरेका थियौँ र त्यस्को सकारात्मक परिणाम आज भएको बाल साहित्य गोष्ठिमा बालिकाहरूको उत्साहबर्धक सहभागिताले पुष्टि गरेको छ ।’ साथै साहित्यको क्षेत्रमा ठूला साना सबैको अभिरुचि बढोस् र केही न केही सिर्जना हुन सकोस् भन्ने उद्देश्यले द पोइट्री ग्रुप एवर्डिनले साहित्यक गतिविधिहरू हरेक महिना गर्दै आइरहेको भन्दै बेलायतमा साहित्यको इतिहास बोकेको नेपाली साहित्य विकास परिषद् यूकेको साथमा यस्ता साहित्यिक कार्यक्रमहरू गर्न पाउँदा गौरव लागेको बताउनुभयो ।

त्यसअघि स्वागत भाषण गर्दै नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यण्डका अध्यक्ष रामराज पहारीले विदेशमा नेपालप्रतिको माया र नेपाली पहिचान जिवन्त राख्दै जाने दायित्व यिनै बालबालिकाहरूको भएकोले आफूले यस्तै नेपाली भाषा, साहित्य र संस्कृतिका कार्यक्रमहरूमा बाल सहभागिता बढाउँदै लैजानु आवश्यकतामा जोड दिनुभयो । स्कटल्यण्डमा रहेका नेपाली जनमानसबीच आपसी सहयोग र सद्भाव बढाउने कार्यमा नेप्लिज हिमालयन एसोसिएसन सक्रियरूपले लागिपर्दै आइरहेको बताउँदै अध्यक्ष रामराज पहारीले साहित्य समाजको ऐना हो यसलाई देखाउने बाटोमा बालबालिकाहरूलाई डोर्याउन गहन कार्य नेपाली साहित्य विकास परिषद् यूकेले विगत करिब तीन दशकदेखि गर्दै आइरहेको चर्चा गर्दै परिषदले रचेको गर्विलो इतिहास उदाहरणीय रहेको बताउनुभय ।
कार्यक्रमम ओएनसीडब्लूका अध्यक्ष एवर्डिनका उपसंयोजक अध्यक्ष प्रकाशराज अर्यालले नेपाली साहित्य विकास परिषद् यूके,नेप्लीज हिमालयन सोसाइटी स्कटल्याण्ड, ओएनसीडब्लू,द पोइट्री ग्रुपले एवर्डिनमा दोस्रो बाल साहित्य गोष्ठीको आयोजना गर्न पाएकोमा गर्व लागेको धारणा राख्दै बालबालिकाहरूमा कविता लेखौँ र बाल साहित्य गोष्ठीमा भाग लिन जाउँ भन्ने उत्साह र कौतुहल्ता बढेको चर्चा गर्नुभयो ।

समारोहमा अन्य विभिन्न व्यक्तित्वहरूबाट मन्तव्य दिइएको थियो । कार्यक्रममा परिषदको तर्फबाट कोमल मल्लबाट खादा, टोपी लगाउनुका साथै मायाको चिनो स्मारिका अर्पण गरिएको थियो । बाल कवि गोष्ठीलाई भाग लिने १६ जना बालकवि कवयित्रीहरुमा प्रनिस तिमल्सिना, सुभश्री रेग्मी,आएन घिमिरे,अरिना लामिछाने,एभिगेल थापा,साईरा पहारी,किर्तीका भेटुवाल,एन्जेल अर्याल,गिरिसा गौतम,एन्जीला सुबेदी,सर्विन क्षेत्री, सिनिग्धा अर्याल,नमन रिजालर आभना कार्की, अक्क्षा न्यौपाने रहनुभएको थियो भने आरुस मल्लले नृत्य गर्नुभएको थियो ।
बाल कवि गोष्ठीलाई भाग लिने बालकवि,कवियीत्रीलाई परिषद्द्वारा सन् २०२० मा स्थापना गरिएको एनएलडिसी बाल साहित्य प्रोत्साहन पदक तथा प्रमाणपत्रहरु परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्ल, नविन के क्षेत्री, प्रकाश अर्याल र रामराज पहारीबाट सुशोभन गर्नुभएको थियो ।




नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल