
लन्डन । बेलायतमा सम्पन्न २४ औं गोर्खा कप फुटबल प्रतियोगिताको उपाधि राङभाङ समाज यूके एफसीले जितेको छ ।
तमु धीं यूकेको आयोजनामा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स ग्राउन्डमा आइतबार सम्पन्न फाइनल खेलमा राङभाङ समाज यूके एफसीले गुरुजी इलिट एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । विजेता टोलीले ३ हजार ५०० पाउन्ड तथा उपविजेता टोलीले २ हजार पाउन्डसहित ट्रफी प्राप्त गरे ।
राङभाङ समाज यूके एफसीका सम थापा ‘बेस्ट म्यानेजर’ घोषित हुनुभयो भने नेप्जोम एफसीका इन्योला अलमो ‘टप स्कोरर’ बन्नुभयो । राङभाङ समाज यूके एफसीकै नवाङ शेर्पा ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।
भेट्रानतर्फ एफसी जिरो फोर विजेता तथा प्लमस्टेड एफसी उपविजेता बने । विजेता टोलीले १ हजार ८०० पाउन्ड र उपविजेता टोलीले १ हजार २०० पाउन्डसहित ट्रफी प्राप्त गरे । भेट्रानतर्फ शोम थापा ‘बेस्ट म्यानेजर’, निशान्त गुरुङ ‘टप स्कोरर’ तथा शेरजङ गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।
महिलातर्फ तामाङ समाज यूकेको टोलीले उपाधि जित्दा रन्डरबोल्ट उपविजेतामा सीमित बन्यो । विजेता टोलीले ६०० पाउन्ड तथा उपविजेता टोलीले ४०० पाउन्डसहित ट्रफी प्राप्त गरे । महिलातर्फ शुक तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।
९–ए–साइड ढाँचामा सम्पन्न प्रतियोगितामा मुख्यतर्फ ३९ टोली, भेट्रानतर्फ १६ टोली र महिलातर्फ २ टोली गरी कुल ५७ टोलीको सहभागिता रहेको थियो ।
कार्यक्रमकै अवसरमा तमु धीं यूकेले रसमोर बरो काउन्सिललाई ५०० पाउन्ड तथा गोर्खा वेलफेयर ट्रस्टलाई ५०० पाउन्ड सहयोग हस्तान्तरण गरेको थियो ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रसमोर बरो काउन्सिलका मेयर काउन्सिलर कालम स्टीवार्ट प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । गोर्खा कप संयोजक क्याप्टेन दीपक घले रहनुभएको थियो ।
प्रतियोगितामा नेपाली दूवावास लन्डन, बेलायतमा सक्रिय नेपाली संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, नेपालबाट आएका कलाकारलगयात हजारौं दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]