
न्यूयोर्क । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँसे तथा झाडी क्षेत्रको आगलागी) तीव्र हावाका कारण तीव्र रूपमा फैलिँदा हजारौँ बासिन्दालाई घर छोड्न बाध्य पारिएको छ । आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू सङ्घर्षरत रहँदा अधिकारीहरूले विभिन्न क्षेत्रमा आकस्मिक निकासी आदेश जारी गरेका छन् ।
लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब ४० माइल अर्थात् ६० किलोमिटर उत्तरपश्चिममा रहेको सिमी भ्यालीमा सोमबार बिहान आगो सुरु भएको थियो । करिब एक लाख २५ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा आगो फैलिन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रण निकाय उच्च सतर्कतामा पुगेका छन् ।
क्यालिफोर्नियाको अग्निनियन्त्रण निकाय क्यालफायरका अनुसार सोमबार साँझसम्म प्रतिघण्टा ३५ माइल अर्थात् ५६ किलोमिटरको गतिमा चलेको हावाले आगोलाई अझ फैलाउन मद्दत गरेको थियो । तीव्र हावाका कारण आगलागी छोटो समयमै एक हजार ३६४ एकड अर्थात् ५५२ हेक्टर क्षेत्रफलमा फैलिएको जनाइएको छ ।
आगलागीका कारण कम्तीमा एउटा घरमा क्षति पुगेको पुष्टि भएको छ । यद्यपि हालसम्म कुनै मानवीय क्षति वा घाइते भएको विवरण सार्वजनिक गरिएको छैन । अधिकारीहरूले आगो थप बस्ती क्षेत्रमा फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सिमी भ्याली र छिमेकी सहर थाउजेन्ड ओक्सका केही भागमा तत्काल निकासी आदेश जारी गरेका छन् ।
त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि निकासी चेतावनी जारी गरिएको छ । स्थानीय प्रशासनले बासिन्दाहरूलाई आवश्यक सामग्री तयारी अवस्थामा राख्न, सुरक्षासम्बन्धी सूचनामा ध्यान दिन र परिस्थिति बिग्रिएमा तुरुन्त सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
लस एन्जलसका मेयर करेन बासले पत्रकार सम्मेलनमार्फत निकासी चेतावनी जारी भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गर्नुभयो । उहाँले तत्काल घर छोड्न आवश्यक नभए पनि परिस्थिति जटिल बन्न सक्ने भएकाले पूर्वतयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
मेयर बासका अनुसार हालको अवस्थालाई हेर्दा आगो लस एन्जलस सहरसम्म पुग्ने सम्भावना कम देखिएको छ । तर मौसम र हावाको अवस्थाले परिस्थिति जुनसुकै बेला बदलिन सक्ने भएकाले सुरक्षा निकायले निगरानी र नियन्त्रण प्रयासलाई निरन्तरता दिएका छन् ।
सोमबार साँझतिर हावाको गति केही कमजोर भए पनि क्यालफायरले आगो नियन्त्रण अझै चुनौतीपूर्ण रहेको जनाएको छ । मौसम पूर्वानुमानमा उच्च तापक्रम, दिउँसोको कम आद्र्रता तथा भूभागबाट प्रभावित हावाले आगो निभाउने प्रयासमा कठिनाइ थपिरहेको उल्लेख गरिएको छ ।
अमेरिकाको पश्चिमी क्षेत्रमा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण यस्ता वन तथा झाडीजन्य आगलागीका घटना बढ्दै गएका छन् । क्यालिफोर्निया विशेष रूपमा हरेक वर्ष भीषण आगलागीको जोखिममा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल