
लन्डन । तमु समाज यूकेले नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई सम्मान गरेको छ ।
आइतबार मे १७ मा लन्डनस्थित विम्बलीको बारहाम पार्कस्थित समाजको सामुदायिक भवनमा भएको १९ औं साधारणसभाको अवसरमा काउन्सिलर कमलबहादुर गुरुङ र उहाँकी पत्नी माया गुरुङलाई सम्मान गरिएको हो । तमु समाज यूकेका सल्लाहकार रहेका कमलबहादुर बेलायतमा ७ मेमा भएको स्थानीय निकायको निर्वाचनमा बरो अफ बार्नेटको बर्न्ट ओक वडाबाट पुनः काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो ।
माया गुरुङ समाजको सल्लाहकार एवं आमा समूहकी पूर्वअध्यक्ष हुनुहुन्छ ।
कमलबहादुर दम्पतीलाई समाजकी अध्यक्ष विन्दु गुरुङ, संस्थापक अध्यक्ष चित्रहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष विमला गुरुङले खादा, फेटा र पुष्पगुच्छा प्रदान गरी सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । साथमा उपस्थित सदस्यहरूले पनि खादा र पुष्पगुच्छामार्फत बधाई ज्ञापन गरेका थिए ।
लेबर पार्टीबाट निर्वाचित तथा पूर्वब्रिटिस गोर्खा सैनिकसमेत रहेका गुरुङको काउन्सिलरमा पुनः विजयीलाई नेपाली समुदायको गौरवका रूपमा लिँदै समाजले खुसी व्यक्त गरेको थियो ।
सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै काउन्सिलर गुरुङले आफू र आफ्नो परिवारलाई प्रदान गरिएको सम्मानप्रति कृतज्ञता प्रकट गर्नुभयो । अघिल्लो निर्वाचनदेखि नै समाजबाट प्राप्त सहयोगको स्मरण गर्दै उहाँले यसपटक पनि समाजका सदस्यहरूले देखाएको सद्भाव, स्नेह र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले समाजबाट प्राप्त साथ, सम्मान र शुभेच्छाले आगामी कार्यकालमा जनमुखी सेवा गर्न थप प्रेरणा मिलेको उल्लेख गर्दै समुदायप्रतिको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते