
क्वीन एभिन्यू खेल मैदान । तस्बिर : दिलमाया गुरुङ
लन्डन । तमु धीं यूकेको आयोजनामा आज (आइतबार) २४ मेमा गोर्खा कपको २४ औं संस्करण हुँदेछ ।
प्रतियोगिता अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा बिहान ९ बजेबाट सुरु हुने तमु धीं यूकेले जनाएको छ । प्रतियोगितामा ५६ टिम भिड्ने छन् ।
गोर्खा कप संयोजक एवं स्पोर्टस् सेक्रेटरी क्या. दीपक घलेले मेन ३८, भेट्रान १६ र महिला २ टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यक्रममा ३ लाख ५० हजार ६५० पाउन्डभन्दा बढी खर्च हुने अनुमान छ ।
विजेतालाई ३ हजार ५ सय पाउन्ड, ट्रफी र सर्टिफिकेट, रनर अपले २ हजार पाउन्ड पुरस्कार पाउनेछन् । यस्तै भेट्रान विजेताले १ हजार ८ सय पाउन्ड साथै महिला टिम विजेता ६ सय पाउन्ड र रनरअपले ४ सय पाउन्ड पुरस्कार पाउने छन् । गोर्खा कप स्थलमा खाना, च्यारिटी, लत्ताकपडालगायत १२६ स्टल रहने जनाइएको छ ।
तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपको तयारी लगभग सकिएको भन्दै उक्त दिन उपस्थित हुन बेलायतवासी नेपालीलाई अनुरोध गर्नुभयो ।
यी हुन् आजका प्रतिस्पर्धी टिम
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल