
काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ ।
विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुको आइतबार क्यानाडाको टोरन्टोमा आयोजित समारोहमा चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।
लामो समयदेखि क्यानाडामा प्राध्यापन गर्नुभएका नेपाली भाषी प्रधानको नेतृत्वमा गठन भएको यस समितिको उपाध्यक्षमा एमी कर्माचार्य, महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चयन हुनुभएको हो ।
त्यसैगरी, बोर्ड सदस्यहरूमा भीम पाठक, सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं चयन हुनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारी र महासचिव चूडामणि भट्टराईले एनआरएनएको प्रतिस्पर्धी संस्था नभई त्यसले समेट्न नसकेका विश्वभरका नेपाली मूलका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्ने एउटा साझा चौतारीका रुपमा एएनओ आएको स्पष्ट गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष चित्र प्रधानले क्यानाडामा रहेका नेपाली, भूटानी तथा भारतीय नेपाली भाषी समुदायलाई एकजुट बनाउँदै नेपाली कला र संस्कृतिको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटा, कोषाध्यक्ष इन्दिरा रिजाल, प्राध्यापक डा तुलसी धरेल, डा गोविन्दसिंह रावत, प्राध्यापक डा राजेन्द्र पन्थीलगायतले नवगठिन कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते