
लन्डन । तमु धीं यूकेको आयोजनामा आइतबार बेलायतमा गोर्खा कप फुटबल प्रतियोगिता भएको छ । प्रतियोगिता अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा बिहान ९ बजेपछि सुरु भएको हो । तमु धीं यूकेका अनुसार प्रतियोगितामा ५६ टिम प्रतिस्पर्धामा छन् ।
गोर्खा कप संयोजक एवं स्पोर्टस् सेक्रेटरी क्या. दीपक घलेले मेन ३८, भेट्रान १६ र महिला २ टिमले प्रतिस्पर्धामा रहेको जानकारी दिनुभएको छ । महिला विधामा तामाङ समाज यूकेको टीम च्याम्पियन बनेको छ । तामाङ समाजले रन्डर बोल्टस्लाई पराजित गरेको हो ।


विजेतालाई ३ हजार ५ सय पाउन्ड, ट्रफी र सर्टिफिकेट, रनर अपले २ हजार पाउन्ड पुरस्कार पाउनेछन् । यस्तै भेट्रान विजेताले १ हजार ८ सय पाउन्ड साथै महिला टिम विजेता ६ सय पाउन्ड र रनरअपले ४ सय पाउन्ड पुरस्कार पाउने छन् । गोर्खा कप स्थलमा खाना, च्यारिटी, लत्ताकपडालगायत १२६ स्टल रहेका छन् । गोर्खा कप हेर्न बेलायतका विभिन्न क्षेत्रबाट नेपाली र गैर नेपाली जम्मा भएका छन् ।










नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल