लन्डन । बेलायतमा अर्कोवर्षसम्म घरको मूल्य निरन्तर वृद्धि हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै एक तथ्यांक सार्वजनिक गर्दै सो अनुमान गरेको हो । कार्यालयका अनुसार आगामी वर्षसम्म बैँक ब्याज नबढ्ने भएकाले घरको मूल्यवृद्धि जारी रहनसक्ने देखिएको छ ।
बैंक ब्याजदर हाल अहिलेसम्मकै न्यून ०.५ प्रतिशत रहेको छ र अर्को वर्ष केही हदसम्म बढ्ने प्रक्षेपण गरिएको छ । जसको प्रत्यक्ष असर लन्डन तथा पूर्वी बेलायतका घरधनीमा पर्ने रिपोर्टमा उल्लेख छ । सार्वजनिक तथ्यांकअनुसार समग्र बेलायतमा घरको मूल्यमा गत आर्थिक वर्षमा ८ प्रतिशतले बढोत्तरी आएको छ भने लण्डनमा भने त्यसको दुगुना १७ प्रतिशतले बढेको छ ।
लन्डन र दक्षिणपूर्वी बेलायतबाहेका अन्य स्थानमा भने घरको मूल्यवृद्धि आधा मात्र छ । जहाँ मूल्यवृद्धि ४.७ प्रतिशत छ । सबैभन्दा कम वृद्धिदर उत्तरी आयरल्यान्डमा (प्रतिवर्ष ०.३ प्रतिशत) छ भने स्कटल्यान्डमा ०.८ प्रतिशत मात्र छ । पूर्वी बेलायतमा ६.६ प्रतिशतले र दक्षिणपूर्वी बेलायतमा ६.१ प्रतिशतले मूल्य बढेको तथ्यांकले देखाएको छ ।
बेलायतमा औसतमा एउटा घरको मूल्य २ लाख ५२ हजार पाउन्ड पर्ने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । केही शहरबाहेक देशैभरिबाट आएका तथ्यांकलाई हेर्दा गत वर्षको तुलनामा घरको मूल्यवृद्धि भारीरुपमा भएको छ । यद्यपि घर किन्नेहरुलाई केही सहुलियत दिन सकिने प्रधानमन्त्री डेबिड क्यामरुनको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
तथ्यांकले घरको मोर्गेजका लागि संघर्ष गरिरहेकाहरुलाई दोश्रो चरणमा पनि सरकारको प्रत्यक्ष सहयोग चाहिने आवश्यकता केही विश्लेषकले गरेका छन् ।
बैंकको ब्याजदरले लाखौँ घरधनीलाई अप्ठेरोमा पार्न सक्ने प्रतिवेदनमा औँल्याइएको छ । साबिकको भन्दा अर्को मोर्गेज डिलमा जान नसक्ने करिब ७ लाख ७० हजार घरधनी बैंकको ब्याजदर वृद्धिका कारण जेल जानपर्ने अवस्था आउनसक्ने पूर्वानुमान रिजोलुसन फाउन्डेसनले औल्याएको छ । यो तथ्यांकअनुसार प्रत्येक १० मोर्गेज होल्डरमध्ये एक जना पर्नेछन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न