लन्डन । बेलायतमा अर्कोवर्षसम्म घरको मूल्य निरन्तर वृद्धि हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै एक तथ्यांक सार्वजनिक गर्दै सो अनुमान गरेको हो । कार्यालयका अनुसार आगामी वर्षसम्म बैँक ब्याज नबढ्ने भएकाले घरको मूल्यवृद्धि जारी रहनसक्ने देखिएको छ ।
बैंक ब्याजदर हाल अहिलेसम्मकै न्यून ०.५ प्रतिशत रहेको छ र अर्को वर्ष केही हदसम्म बढ्ने प्रक्षेपण गरिएको छ । जसको प्रत्यक्ष असर लन्डन तथा पूर्वी बेलायतका घरधनीमा पर्ने रिपोर्टमा उल्लेख छ । सार्वजनिक तथ्यांकअनुसार समग्र बेलायतमा घरको मूल्यमा गत आर्थिक वर्षमा ८ प्रतिशतले बढोत्तरी आएको छ भने लण्डनमा भने त्यसको दुगुना १७ प्रतिशतले बढेको छ ।
लन्डन र दक्षिणपूर्वी बेलायतबाहेका अन्य स्थानमा भने घरको मूल्यवृद्धि आधा मात्र छ । जहाँ मूल्यवृद्धि ४.७ प्रतिशत छ । सबैभन्दा कम वृद्धिदर उत्तरी आयरल्यान्डमा (प्रतिवर्ष ०.३ प्रतिशत) छ भने स्कटल्यान्डमा ०.८ प्रतिशत मात्र छ । पूर्वी बेलायतमा ६.६ प्रतिशतले र दक्षिणपूर्वी बेलायतमा ६.१ प्रतिशतले मूल्य बढेको तथ्यांकले देखाएको छ ।
बेलायतमा औसतमा एउटा घरको मूल्य २ लाख ५२ हजार पाउन्ड पर्ने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । केही शहरबाहेक देशैभरिबाट आएका तथ्यांकलाई हेर्दा गत वर्षको तुलनामा घरको मूल्यवृद्धि भारीरुपमा भएको छ । यद्यपि घर किन्नेहरुलाई केही सहुलियत दिन सकिने प्रधानमन्त्री डेबिड क्यामरुनको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
तथ्यांकले घरको मोर्गेजका लागि संघर्ष गरिरहेकाहरुलाई दोश्रो चरणमा पनि सरकारको प्रत्यक्ष सहयोग चाहिने आवश्यकता केही विश्लेषकले गरेका छन् ।
बैंकको ब्याजदरले लाखौँ घरधनीलाई अप्ठेरोमा पार्न सक्ने प्रतिवेदनमा औँल्याइएको छ । साबिकको भन्दा अर्को मोर्गेज डिलमा जान नसक्ने करिब ७ लाख ७० हजार घरधनी बैंकको ब्याजदर वृद्धिका कारण जेल जानपर्ने अवस्था आउनसक्ने पूर्वानुमान रिजोलुसन फाउन्डेसनले औल्याएको छ । यो तथ्यांकअनुसार प्रत्येक १० मोर्गेज होल्डरमध्ये एक जना पर्नेछन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित