बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी

लन्डन । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे सम्बन्धित काउन्सिल तथा प्रहरी प्रशासनलाई जानकारी गराएको छ ।

जीआरएनसी यूकेकी अध्यक्ष लिला सेलिङ माबोले १६ जुन २०२६ मा अल्डरसटमा गोर्खा/नेपाली समुदायका सदस्यहरूमाथि भएको विभेदकारी तथा जातीय भेद्भावपूर्ण व्यवहारसम्बन्धी घटनाको जानकारी सम्बन्धित काउन्सिल तथा प्रहरी प्रशासनलाई गराइसकिएको बताउनुभएको हो ।

‘अन्तरिम प्रबन्ध निर्देशक इयान ह्यारिसनबाट प्राप्त इमेलअनुसार नेपालीमाथि आक्रमणको विषयमा छलफल तथा समाधानका लागि काउन्सिल, प्रहरी, स्थानीय प्रमुख निरीक्षक, मेयर, उपमेयर, काउन्सिल लिडर, काउन्सिलरहरू तथा ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी)का प्रतिनिधिहरूबीच चाँडै बैठक आयोजना हुने जानकारी प्राप्त भएको छ,’ अध्यक्ष माबोले भन्नुभयो, ‘यस विषयमा थप जानकारी नआएसम्म सम्पूर्णमा शान्त, संयमित तथा धैर्यवान रहन हार्दिक अनुरोध गर्दछु ।’

थप जानकारी आवश्यक परेमा जीआरएनसी कार्यालय वा महासचिवसँग सम्पर्क गर्न पनि अध्यक्ष माबोले बेलायतवासी नेपालीहरुलाई आग्रहर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री