
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले हालै निधन भएका एक विद्यार्थी कौशल कुमार ठाकुरको शव नेपाल पठाउन सहयोग गर्न अपिल गरेको छ।
महोत्तरीको पिपरा–७, बनौली स्थायी घर भएका कौशल युनिभर्सिटी अफ इष्ट लन्डनका एक मेहनती तथा समर्पित विद्यार्थी थिए। गत १८ जुन २०२६ मा लन्डनमा २२ वर्षको उमेरमा उनको निधन भएको थियो। एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले उनको असामयिक निधनले बेलायत तथा नेपालस्थित नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको बताए।
एक शोक वक्तव्यमा उनले यस कठिन घडीमा कौशलको परिवारले अन्त्येष्टि व्यवस्थापन तथा उनको पार्थिव शरीर नेपाल फिर्ता लैजान आवश्यक खर्च जुटाउन ठूलो आर्थिक चुनौती सामना गरिरहेको उल्लेख गरेका छन्।
अध्यक्ष पुडासैनीले नेपाली समुदाय, साथीभाइ, शुभेच्छुक तथा विभिन्न संघसंस्थालाई स्वर्गीय कौशलको परिवारलाई सहयोग गर्न हार्दिक अपिल गरेका छन्। उनले सानो वा ठूलो जुनसुकै सहयोगले पनि परिवारलाई कौशललाई सम्मानजनक बिदाइ गर्न तथा उनको पार्थिव शरीर स्वदेश ल्याउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
उनले समुदायका सबै सदस्यलाई सहयोग अभियानबारे जानकारी फैलाउन तथा स्वर्गीय कौशल र उनको परिवारलाई आफ्नो प्रार्थना र सम्झनामा राख्न आग्रह गरेका छन् । सहयोग गर्न इच्छुक व्यक्तिहरूले गोफन्डमीमार्फत सञ्चालन गरिएको अभियानमा योगदान गर्न सक्ने जनाइएको छ।
सहयोगका लागि लिंक:
https://gofund.me/2b4ab31c2
अध्यक्ष पुडासैनीले सहयोग, सद्भाव र उदारताका लागि सबैप्रति धन्यवाद पनि व्यक्त गरेका छन्।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित