
काठमाडौँ । नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ । बुधबार काठमाडौँ कालिकास्थानस्थित आरशालामा लेखक नारायण वाग्लेले एडअर्ड़ो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो । पत्रकार –साहित्यकार हुँदै पछिल्लो समय कृषकका रुपमा आफ्नो गाउँ तनहुँ फर्किएका वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणी व्यक्तित्व रिनकनलाई पुस्तक उपहार दिनुभएको थियो ।
नारायण वाग्लेले काठमाडौँमा लामो समय पत्रकारिता गर्नुभयो । जहाँ उहाँले अनौपचारिक शैलीमा ‘कफी गफ’ लेख्नुभयो । कफी गफको लोकप्रियता यति चुलियो कि वाग्ले अहिले पनि पाठकबाट ‘कफी गफ’को त्यो चुस्की लिइरहनु भएको हुनुहुन्छ । वाग्ले भन्नुहुन्छ, ‘जुन शैलीले मलाई धेरै पाठक र माया दियो, मैले ‘कोरियाना कफी गफ’ पुस्तकमा त्यही शैली अपनाएँ । तर, यो मेरो पत्रिकाहरूको संग्रह नभई नयाँ सृजना हो ।’
‘कोरियाना कफी गफ’लाई नेपालीबाट अंग्रेजीमा अनुवाद प्रवीण अधिकारीले गर्नुभएको हो । वाग्लेको त्यही कफी गफ शैलीबाट प्रभावित भएर आफूले अनुवाद गरेको प्रवीण बताउनुहुन्छ । पञ्चायतको बन्द समाजपछि भर्खरभर्खर खुला हुन लागेको नेपाली समाजमा नेपाली भाषालाई यो स्तरको खुलापनमा लैजाने श्रेय आफूले वाग्लेलाई दिने गरेको अधिकारीको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘नारायण वाग्लेले अंग्रेजी पढ्ने सहरिया पुस्तालाई ‘कफी गफ’ र ‘पल्पसा क्याफे’ मार्फत नेपाली भाषातिर आकर्षित गरे ।’
‘कोरियाना कफी गफ’ पढ्दै जाँदा आफूले शैलीमा नवीनता, भाषामा लचकता, भावमा कोमलता भेटाएको अनुवादकको अनुभव छ । यति मीठोसँग लेखिएको कृति संसारलाई पढाउनुपर्छ भन्ने सोचेर त्यही साहित्यिक सुन्दरता अनुवादमा ल्याउन सकूँ भनेर आफूले आफैँलाई चुनौती दिँदै अनुवाद गरको अधिकारी बताउनुहुन्छ ।
लेखक वाग्लेले अनुवादक प्रवीण अधिकारीलाई धन्यवाद दिँदै भन्नुभयो, ‘आफू स्वयं पनि साहित्यकार भएको एक सिद्धहस्त अनुवादकले मेरो कृतिलाई झनै सुन्दर बनाइदिएका छन् ।’
नारायण वाग्लेले ‘पल्पसा क्याफे’ र ‘मयूर टाइम्स’ उपन्यासपछि सृजनशील गैरआख्यानका रुपमा ‘कोरियाना कफी गफ’ लेख्नुभएको हो । २० वर्षअघि प्रकाशन भएको ‘पल्पसा क्याफे’ले मदन पुरस्कार प्राप्त गर्यो । धेरै समीक्षक–समालोचकले नेपाली साहित्य लेखन, प्रकाशन र पठन इतिहासलाई ‘पल्पसा क्याफे’ अघि र पछिका रूपमा व्याख्या गर्नुभएको छ ।
नारायण वाग्लेको ‘पल्पसा क्याफे’देखि प्रकाशन सुरु भएको पब्लिकेसन नेपालयले २० वर्ष पार गरेको छ । यो अवसरमा आफूहरुले सन् २०२५ मा नयाँ पुस्ताका रचना र अनुवाद कृति प्रकाशनमा जोड दिएको पब्लिकेसन नेपालयले नजाएको छ । २५ वर्षमुनिका लेखकहरुका रचना सार्वजनिक आह्वान गरी मागेको र ती नयाँ पुस्ताका रचना समेटी पुस्तक प्रकाशन गर्दै गरेको नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।
नेपालयबाट ६ वर्षअघि प्रकाशित ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद प्रकाशन पनि पब्किलेसन नेपालयले नै गरेको हो । गत वर्ष नोबेल पुरस्कार विजेता लेखक हान काङको ‘द भेजिटेरियन’लाई प्रवीण अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको छ भने इन्द्रबहादुर राईका कथाहरुलाई अंग्रेजीमा अनुवाद गर्नुभएको छ ।
‘कोरियाना कफी गफ’ संसारभरका पाठकले अंग्रेजी वा नेपाली भाषामा सजिलै पढ्न सक्नेछन् । देशका प्रमुख पुस्तक पसलहरुका साथै ‘थुप्रै डट कम’ वा ‘अमेजन’ मार्फत पुस्तक किन्न सकिनेछ ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु