
काठमाडौं । काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तानले १८औं मिस तामाङको ताज पहिरिनु भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यसपटकको ताज साम्राज्ञीले पहिरिन सफल हुनुभएको हो ।
विजेता मोक्तानलाई १७ मिस तामाङ अन्जु थोकरले ताज पहिर्याइदिनुभएको थियो । मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पार्नुभयो । मिस कन्फिडेन्ट, भ्युअर चोइस टाइटलसमेत हात पारेकी मोक्तानले नेपाललाई सांस्कृतिक रुपमा संसारमा चिनाउन चाहनुहुन्छ भने के के गर्नुहुन्छ? भन्ने प्रश्नमा मोक्तानले निर्णायकको मन जित्नुभएको थियो । उहाँले नेपाल विविधतायुक्त देश भए पनि एकताको धनी देश भएको बताउनुभएको थियो ।
‘म नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकको रुपमा प्रस्तुत गर्छु। हाम्रो विविधताभित्रको एकता र धर्मनिरपेक्षताले हामीलाई निकै गर्व महसुस गराउँछ। हाम्रो सेलोको धड्कन र साकेलाको धुनले एक बनाएको छ। १२० भन्दा बढी भाषाहरु बिना कुनै अवरोध बोलिन्छ। हामी एकअर्कालाई माया आदरसाथ बोल्छौं । हाम्रो पहिरनको सुन्दरता र लालित्यले सांस्कृतिक महत्त्व बोकेको छ,’ मोक्तानले जवाफमा भन्नुभएको थियो,’यसै विषयलाई प्रस्तुत गरी नेपाललाई संसारमा चिनाउन चाहन्छु।’
इन्जिनियर बन्ने सपना बोकेकी १८ वर्षीया मोक्तानले परिवारको माया र साथले यो सफलता पाएको र अबका दिन महिला सशक्तीकरणमा काम गर्ने बताउनुभयो। ‘समुदायका महिला सशक्तीकरणका लागि शिक्षामार्फत सेवामा लाग्छु,’ उहाँले भन्नुभयो ।
प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनर अप बन्नुभयो भने सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप बन्नुभयो । त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनर अप बन्नुभयो । फस्ट रनर अपलाई ३० हजार, सेकेन्ड रनर अपलाई २० हजार र थर्ड रनर अपलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको आयोजक मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जता लामाले बताउनुभयो। विजेताहरुलाई प्रमुख अतिथि फुर्वा खेन रिम्पोछे तामाङ र नायक अमिर दोङले टाइटल तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि एश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनलिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पुजा जिम्बा तामाङ, ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि सोर्णिमा थिङ तामाङले हात पार्नुभएको थियो ।
निर्णायक मण्डलमा सफलता थिङ, शेषराज भट्टराई, लेक योञ्जन र प्रदीप बम्जन हुनुहुन्थ्यो ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता