
काठमाडौँ । पहिचान पुरस्कार कोषले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, ‘पहिचान युवा सम्मान’ भने कवि गणेशकुमार राई (गीलु रातोस) लाई दिइने भएको छ । कोषका संस्थापक नरेश काङमाङ राईद्वारा शनिबार जारी विज्ञप्तिमा २०८१/८२ का लागि पुरस्कार घोषणा गरिएको उल्लेख छ । काइँला मुन्धुमविद् पनि हुनुहुन्छ भने राई कविता लेखनमा सक्रिय रहनु भएको छ ।
काइँलालाई ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्र तथा राईलाई ५० हजार २ सय २ सहित ताम्रपत्र प्रदान गरिनेछ ।
यसअघि लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गरिसकेको छ । यसैगरी राजन मुकारुङको फेरिदो सौंन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध, यज्ञशको भुइया, उन्मुक्त पुस्ताको आफर र सरस्वती प्रतिक्षाको नथिया, श्याम शाहको पथेर र अनन्त वाग्लेकोकदम, कविता राईको गुरु र अर्जुन माबुहाङ, अमित थेवेको सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट, प्रगती राईको थाङ्ग्रा र प्रकाशगुरागाईंको जङ्क्सन पिपलबोट नयाँ सडकको कथा र राजु स्याङ्तानको ओ पेङ्दोर्जेलाई पहिचान पुरस्कार प्रदान गरिसकेको छ ।
निरन्तर चार वर्ष पहिचान पुरस्कार दिने गर्दछ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिँदै आएको छ । ४० वर्ष मुनिका युवाहरुलाई पहिचान युवा सम्मान यस वर्षदेखि दिन घोषणा गरेको जनाइएको छ ।

गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]