
काठमाडौँ । पहिचान पुरस्कार कोषले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, ‘पहिचान युवा सम्मान’ भने कवि गणेशकुमार राई (गीलु रातोस) लाई दिइने भएको छ । कोषका संस्थापक नरेश काङमाङ राईद्वारा शनिबार जारी विज्ञप्तिमा २०८१/८२ का लागि पुरस्कार घोषणा गरिएको उल्लेख छ । काइँला मुन्धुमविद् पनि हुनुहुन्छ भने राई कविता लेखनमा सक्रिय रहनु भएको छ ।
काइँलालाई ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्र तथा राईलाई ५० हजार २ सय २ सहित ताम्रपत्र प्रदान गरिनेछ ।
यसअघि लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गरिसकेको छ । यसैगरी राजन मुकारुङको फेरिदो सौंन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध, यज्ञशको भुइया, उन्मुक्त पुस्ताको आफर र सरस्वती प्रतिक्षाको नथिया, श्याम शाहको पथेर र अनन्त वाग्लेकोकदम, कविता राईको गुरु र अर्जुन माबुहाङ, अमित थेवेको सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट, प्रगती राईको थाङ्ग्रा र प्रकाशगुरागाईंको जङ्क्सन पिपलबोट नयाँ सडकको कथा र राजु स्याङ्तानको ओ पेङ्दोर्जेलाई पहिचान पुरस्कार प्रदान गरिसकेको छ ।
निरन्तर चार वर्ष पहिचान पुरस्कार दिने गर्दछ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिँदै आएको छ । ४० वर्ष मुनिका युवाहरुलाई पहिचान युवा सम्मान यस वर्षदेखि दिन घोषणा गरेको जनाइएको छ ।

नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार