
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५-२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
राजधानी टोकियोमा आइतबार आयोजित विशेष समारोहमा शेरचनले आगामी मार्च १४,१५ र १६ मा काठमाडौँमा हुने संघको १२औँ विश्व सम्मेलनबाट नेतृत्वमा पुग्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । शेरचनले संस्थाभित्रको विभाजन अन्त्य र सुदृढीकरण आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो ।
विगत १५ वर्षदेखि जापानलाई कर्मभूमि बनाएर संघका विभिन्न जिम्मेवारीमा कुशलतापूर्वक काम गरिसकेका शेरचनले सोक्रममा आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गर्नुभयो । उहाँले संस्थालाई पुनः एकताबद्ध बनाउनु आफ्नो प्राथमिक दायित्व हुने बताउनुभयो । ‘एक मन, एक संगठन’को अवधारणा अघि सार्दै उहाँले संस्थाभित्रको आन्तरिक कलह र मनमुटावलाई सधैँका लागि अन्त्य गरी सबै अभियन्ता र गैरआवासीय नेपालीलाई एउटै छानोमुनि ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शेरचनको कार्ययोजनामा गैरआवासीय नेपालीहरूको नागरिकता र मताधिकारको मुद्दाले विशेष प्राथमिकता पाएको छ । संविधानले प्रदत्त गरेको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका प्रशासनिक र कानुनी जटिलता हटाउनआफूले निर्णायक पहल गर्ने उहाँले घोषणा गर्नुभयो ।
विशेषगरी सर्वोच्च अदालतको परमादेश अनुसार प्रवासमा रहेका नेपालीलेमतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग प्रभावकारी समन्वय गर्ने उहाँको प्रतिबद्धता छ।
करिब २ सय नवर्षदेखि अन्यायमा परेका भूतपूर्व गोर्खाहरूको समान पेन्सन र अधिकारको मुद्दालाई शेरचनले विशेष जोडकासाथ उठाउनुभएको छ ।
बेलायत सरकारसँग भइरहेको जीटूजी वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन एनआरएनएको तर्फबाटदबाबमूलक र सहयोगी भूमिका खेल्ने उहाँको योजना छ । साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, कार्यस्थलको सुरक्षा र हकहितका लागि ‘श्रम डेस्क’लाई थप प्रभावकारी र सक्रिय बनाउने उहाँले बताउनुभयो ।
आर्थिक एजेन्डामा शेरचनले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ लाई २५ अर्ब रुपैयाँको बनाएर साना लगानीकर्ताहरूलाई समेतसमेट्ने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई आईपीओ मार्फत जोड्ने वातावरण सिर्जना गर्ने लक्ष्य राख्नुभएको छ । नेपालमा विदेशी लगानी भित्र्याउन र एनआरएनहरूको लगानीलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक कानुनी सुधारकालागि लबिङ गर्ने उहाँको योजना छ।
कार्यक्रमलाई बोल्दै एनआरएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठले संघको आगामी नेतृत्वका लागि रोबिन शेरचन जस्तोविवादरहित र सबैलाई समेट्न सक्ने व्यक्ति आवश्यक रहेको बताउनुभयो । श्रेष्ठले विगत ५ वर्षको आन्तरिक विभाजनले विदेशमारहेका ८० लाख नेपालीको आस्थामा चोट पुगेको बताउँदै अबको नेतृत्वले एकतालाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्षहरू भवन भट्टले शेरचनलाई लिखित रुपमा सन्देश पठाएर सफलताको शुभकामना दिनुभएको थियो ।
समारोहमा एनआरएनएका प्रभावशाली व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । जसमा हिक्मत थापा, सोम लामा, राजेन्द्रकुमार शर्मा, यास्मिन बेगम, टीका गुरुङ, जितु गुरुङ, रोजिना प्रधान, एनआरएनए बेल्जियमका अध्यक्ष लोकेन्द्र नेपाल, जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग, अस्ट्रेलियाका सचिव कल्याण खड्का, आईसीसी सदस्य राजेस केसी ,सुपेन्द्र घिसिङ, पिताम्बर भट्टराई, दिलीप गुरुङलगायत सहभागी हुनुभएको थियो ।
त्यस्तै, एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, युकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ, विभिन्न राजनीतिकदलका प्रवास संगठनका प्रतिनिधिहरू (रोशन केसी, कुलचन्द्र खरेल, मोहन पौडेल, दीपक केसी) तथा एसिया प्यासिफिकका अभियन्ताहरू अनिता गुरुङ र दीपक कँडेलले पनि शेरचनको उम्मेदवारीप्रति शुभकामना जनाएका थिए ।
एनआरएनएको अध्यक्षमा जापानबाट रोबिन शेरचनको उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिबद्धता सार्वजनिक
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन