
लन्डन । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आइरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.सं. २०८२ घोषणा गरिएको छ ।
लेखक सरण राईलाई ‘भोजपुर प्रतिभा सम्मान’ र तेजेन्द्र गन्धर्वलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । सम्मान राशि १५,००० रुपैयाँ, ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कार राशि ३५,००० रुपैयाँसहित ताम्रपत्र रहेको छ ।
संस्थाले यसअघि साहित्यकार पूर्ण प्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवि लुगुन, साहित्यकार शैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार, गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञानमणि नेपाल र श्याम तमोट हिरण्य भोजपुरेलाई उक्त सम्मान र पुरस्कार प्रदान गरिसकेको छ ।
यसैगरी पुरस्कृत हुने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश बान्तवा, कवि विप्लक ढकाल, कवि विमल गिरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भिषण मुकारुङ, लेखक कविता राई र करुणालाई भोजपुर प्रतिभा स्मान र पुरस्कार प्रदान गरिसकेको छ ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै