
लन्डन । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आइरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.सं. २०८२ घोषणा गरिएको छ ।
लेखक सरण राईलाई ‘भोजपुर प्रतिभा सम्मान’ र तेजेन्द्र गन्धर्वलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । सम्मान राशि १५,००० रुपैयाँ, ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कार राशि ३५,००० रुपैयाँसहित ताम्रपत्र रहेको छ ।
संस्थाले यसअघि साहित्यकार पूर्ण प्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवि लुगुन, साहित्यकार शैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार, गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञानमणि नेपाल र श्याम तमोट हिरण्य भोजपुरेलाई उक्त सम्मान र पुरस्कार प्रदान गरिसकेको छ ।
यसैगरी पुरस्कृत हुने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश बान्तवा, कवि विप्लक ढकाल, कवि विमल गिरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भिषण मुकारुङ, लेखक कविता राई र करुणालाई भोजपुर प्रतिभा स्मान र पुरस्कार प्रदान गरिसकेको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे