
बेलायत । ननिटन एण्ड बेडवर्थ बरो काउन्सिलले पूर्व गोरखा सैनिक पदमबहादुर गुरुङलाई बरोको सर्वोच्च सम्मान ‘फ्रिम्यान अफ द बरो’ प्रदान गरेको छ ।
गोरखा सैन्यबाट सेवानिवृत्त मेजर पदमबहादुर गुरुङ एमभीओलाई बरोका मेयर काउन्सिलर भीम सारुमगरले ‘फ्रिम्यान अफ द बरो’ को सम्मान प्रदान गरेका छन्। यो सम्मान गुरुङसहित अन्य तीन प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिएको हो।
विगत छ महिनामा नुनिटनस्थित नेपाली समुदायले उल्लेखनीय योगदान र उपलब्धिमार्फत ऐतिहासिक पहिचान बनाएको छ। यसअघि समुदायका दुई सदस्यहरू श्रीमती ममता देवान सुब्बा र मेजर (रिटायर्ड) श्रीप्रसाद गुरुङलाई हाई शेरिफ अफ वारविकशायर चेंज मेकर्स अवार्ड प्रदान गरिएको थियो।
मेजर (रिटायर्ड) गुरुङलाई बरोको सर्वोच्च सम्मान प्रदान गरिनुले यो गौरवमय यात्रालाई अझ सशक्त बनाएको बताइएको छ।
यी उपलब्धिहरूले नुनिटन–बेडवर्थ क्षेत्रमा नेपाली समुदायको बढ्दो प्रभाव, सेवा भावना र सकारात्मक योगदानलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते