
अल्डरसट । बेलायतमा ६/५ गोर्खा राईफल्स (फ्रोन्टियर्स फोर्स)को ७८औँ राईजिङ डे (स्थापना दिवस) सम्पन्न भएको छ । अल्डरसटस्थित ओजोन रेस्टुरेन्टमा बेलायतमा बसोबास गरिरहेका ६/५ जीआरका २ दर्जन पल्टनका भूतपूर्व सैनिकको उपस्थितिमा शनिबार राईजिङ डे मनाइएको हो ।
मूल संयोजक, पल्टनका लोकप्रिय पूर्वबक्सर, हवल्दार प्रेमकुमार गुरूङ (भारतीय सेनामा सर्भिसेज खेलेका)को संयोजनमा कार्यक्रम भएको हो । प्रमुख अतिथि, बेलायत भ्रमणमा आएका पल्टनका भूपू सुबेदार मेजर धनबहादुर थापा र विशेष अतिथि २/८ गोर्खा राईफल्सका सेवानिवृत्त कर्नल बलबहादुर पुन रहनुभएको थियो ।

पल्टनका पूर्व पीटी उस्ताद, नायक लक्ष्मण पुनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बेलायतमा पल्टनको राईजिङ डे मनाएको यो तेस्रो पटक हो । कार्यक्रममा बेलायतमा उमेरको हिसाबले, पल्टनका वरिष्ठ व्यक्तित्व, भूपू हवल्दार क्लर्क सुमलकुमार गुरुङ (साहित्यकार तथा समाजसेवी) लगायत पल्टनका केही परिवारजनसँगै ६/५ जीआर (एफएफ) भू.पू. सैनिक जवान र अफिसर्स सामेल हुनुभयो ।
पल्टनले स्थापना दिवस वा राईजिङ डे २ फेब्रुअरीमा मनाउँदै आएता पनि बेलायतको व्यस्ततालाई मध्यनजर गरी ३१ जनवरीका दिन मनाइएको हो । भारतीय सेनाको गौरवशाली ५ गोर्खा राईफल्सका ६ वटा पल्टनमध्ये ६/५ जीआर सबैभन्दा कनिष्ठ पल्टन हो ।
गोर्खाली रेजिमेन्टमा सबैभन्दा बढी ७ वटा भिक्टोरिया क्रस (भीसी) पाउने रेजिमेन्टमा पर्दछ । त्यसकारण यस रेजिमेन्टलाई बेलायतको राजाद्वारा रोयल रेजिमेन्टको खिताब प्राप्त भएको गौरवशाली इतिहास छ ।

कार्यक्रमलाई कर्नल बलबहादुर पुन, सुमे धनबहादुर थापा र सुमलकुमार गुरुङले राईजिङ डे बारे आ-आफ्नो धारणा व्यक्त गरेर शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो । त्यसपछि उपस्थित सबैले आ-आफ्नो परिचय र शुभकामना आदानप्रदान गरेका थिए ।

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते