
लेखक सुरेश यक्सोद्वारा लिखित कृति पेनिबा (कथासङ्ग्रह) हङकङबाट प्रेमपूर्वक युरोप अवतरण गरेको छ । कृति प्रकाशन भएदेखि पढ्न मन लागेको हो । भौगोलिक दूरीले केही समय ढिला हुन गयो ।
केही वर्षअघि हङकङ साहित्यिक साझा श्रृङ्खलाद्वारा प्रकाशित ‘श्रृङ्खला’ पुस्तकमा प्रकाशित सुरेश यक्सोको कथा पढेको थिएँ । अपेक्षा गरेभन्दा अब्बल कथा पढेपछि लेखकबारे साथीहरूसँग जिज्ञासा राख्दा एक राम्रा कथाकार हुन् भन्ने जानकारी प्राप्त भएको थियो । केही समयपछि कवि प्रकाश थाम्सुहाङसँग पीक टावरको ब्रेकफास्टमा सुरेशजीसँग पहिलो भेट थियो । भेटमा कथाको प्रशंसा गरेको थिएँ र कृति प्रकाशन गर्न सुझाएको थिएँ । त्यो कथा पेनिबाभित्र पहिलो थियो । भनिन्छ, दिनको संकेत बिहानीले दिन्छ । एउटै कथा पढेर नेपाली कथा लेखनमा नयाँ ऊर्जा थपेको महसुस गरेको थिएँ ।
पेनिबा कथासङ्ग्रहमा १५ थान कथाहरू समेटिएका छन् । कथाको विषय वस्तुहरू फरक हुने नै भयो । लेखनशैली पनि केही नयाँ र फरक रहेको छ । यसले गर्दा कथाले पाठकलाई नयाँपन महसुस दिलाउँछ । पेनिबा सङ्ग्रहित कथाहरूको विषय वस्तुहरू सामान्य लाग्न सक्दछ । तर समाजका लागि आवश्यक र ज्ञानवर्दक रहेको हुँदा कथाले पात्र र चरित्रको कहानी मात्र बताउँदैन । समाजमा भए,गरेका राम्रा, नराम्रा गतिविधिहरूलाई मिहीन ढंगले केलाउने प्रयत्न गरिएको छ । कथामा उल्लेखित पात्र र चरित्रहरूको ब्याख्या विश्लेशण पढिरहँदा कहींकतै आफैलाई पढेजस्तो । आफ्नै कथा लेखेजस्तो र आफ्नै वरिपरिको कथा हो कि जस्तो लाग्न यक्दछ । कथालाई सामान्य विषय र प्रसंगहरूबाट उठान गरे पनि समाजको विद्यमान मान्यताहरू टेकेर मनोवैज्ञानिक ढंगले विश्लेषण गरिएको छ ।
कथावस्तु र पात्रको चरित्र चित्रणको दृष्टिकोणले बैङ्किङ कसुर, पेनिबा, नोटबुकः एक रहस्य, पुरानो हुँदैन माया, लेखकको आत्महत्या, नरोजेको बाटो, डान्सरबारमा छापा कथाहरू उत्कृष्ट छन् ।
पेनिबा सङ्ग्रहित कथाहरू परम्परागत नेपाली कथा लेखनभन्दा फरक रहेको छ । कथामा एउटै विषय वा पात्रलाई लगातार उल्लेख नगरेर फरक अनुच्छेदमा फरक विषय, पात्र र प्रसंगहरू उल्लेख गरिएकोले कथाले पाठकलाई उत्साहित बनाउनुको साथै विविध विषयमा ज्ञान प्राप्त हुने देखिन्छ । एक असल लेखकले समाजको कमजोरीहरू मात्र औल्याउँदैन, साहित्यमार्फत उन्नत समाज निर्माणको लागि अहम् भूमिका निर्वाह गरेको हुन्छ ।
पेनिबाभित्रका कथाहरू वर्तमान समयको पेरिफेरिमा रहेको हुँदा युवापुस्ताको मन जित्ने देखिन्छ । अधिकांश कथाहरूमा कहीं न कहीं युवा प्रतिनिधि पात्रहरू भेटिन्छ । कथाको पात्रहरू युवा हुनुको साथै उनीहरूमा व्यक्तिगत उत्साह, पारिवारिक, सामाजिक र सांस्कृतिक ज्ञानको प्रभाव रहेको छ । प्रविधिको विकासले समाजको सबै वर्ग र क्षेत्रलाई प्रभावित बनाएको वर्तमान अवस्थामा युवाहरूको सरोकारको विषयहरूमा साहित्य लेखिनु जायज छ ।
कथा लेखनको भूगोल नेपाल र केही नेपाल बाहिर (हङकङ) रहेको पाइन्छ । जति नेपालको विषयवस्तुहरू व्यक्तिगत र सामाजिक हिसाबले गहिरो सँगले कथामा उत्खन्नन् गरिएको छ । तर बाहिरको परिवेशमा लेखिएका कथाहरू सतही मात्र हो कि भन्ने लाग्न सक्दछ । साहित्य सिर्जनाका लागि कुनै पनि वस्तु स्थितिको आवरण मात्र देखेर हुँदैन । भित्रैबाट अध्ययन र वैचारिक चिन्तन हुन आवश्यक छ । लेखक आफू जन्मे हुर्केको गाउँठाउँ, समाज र देशको बारेमा जति जान्दछ, बुझ्दछ र साहित्य सिर्जनामा व्यक्त गर्न सक्दछ भने बाहिरी परिवेशलाई साहित्यमा उतार्नु सहज छैन भन्ने कथाले बताउँछ । साहित्यिक कृति चौबाटोको सालिकजस्तै हो, यसलाई विभिन्न कोणबाट व्याख्या विश्लेषण गर्न सकिन्छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन