
लेखक सुरेश यक्सोद्वारा लिखित कृति पेनिबा (कथासङ्ग्रह) हङकङबाट प्रेमपूर्वक युरोप अवतरण गरेको छ । कृति प्रकाशन भएदेखि पढ्न मन लागेको हो । भौगोलिक दूरीले केही समय ढिला हुन गयो ।
केही वर्षअघि हङकङ साहित्यिक साझा श्रृङ्खलाद्वारा प्रकाशित ‘श्रृङ्खला’ पुस्तकमा प्रकाशित सुरेश यक्सोको कथा पढेको थिएँ । अपेक्षा गरेभन्दा अब्बल कथा पढेपछि लेखकबारे साथीहरूसँग जिज्ञासा राख्दा एक राम्रा कथाकार हुन् भन्ने जानकारी प्राप्त भएको थियो । केही समयपछि कवि प्रकाश थाम्सुहाङसँग पीक टावरको ब्रेकफास्टमा सुरेशजीसँग पहिलो भेट थियो । भेटमा कथाको प्रशंसा गरेको थिएँ र कृति प्रकाशन गर्न सुझाएको थिएँ । त्यो कथा पेनिबाभित्र पहिलो थियो । भनिन्छ, दिनको संकेत बिहानीले दिन्छ । एउटै कथा पढेर नेपाली कथा लेखनमा नयाँ ऊर्जा थपेको महसुस गरेको थिएँ ।
पेनिबा कथासङ्ग्रहमा १५ थान कथाहरू समेटिएका छन् । कथाको विषय वस्तुहरू फरक हुने नै भयो । लेखनशैली पनि केही नयाँ र फरक रहेको छ । यसले गर्दा कथाले पाठकलाई नयाँपन महसुस दिलाउँछ । पेनिबा सङ्ग्रहित कथाहरूको विषय वस्तुहरू सामान्य लाग्न सक्दछ । तर समाजका लागि आवश्यक र ज्ञानवर्दक रहेको हुँदा कथाले पात्र र चरित्रको कहानी मात्र बताउँदैन । समाजमा भए,गरेका राम्रा, नराम्रा गतिविधिहरूलाई मिहीन ढंगले केलाउने प्रयत्न गरिएको छ । कथामा उल्लेखित पात्र र चरित्रहरूको ब्याख्या विश्लेशण पढिरहँदा कहींकतै आफैलाई पढेजस्तो । आफ्नै कथा लेखेजस्तो र आफ्नै वरिपरिको कथा हो कि जस्तो लाग्न यक्दछ । कथालाई सामान्य विषय र प्रसंगहरूबाट उठान गरे पनि समाजको विद्यमान मान्यताहरू टेकेर मनोवैज्ञानिक ढंगले विश्लेषण गरिएको छ ।
कथावस्तु र पात्रको चरित्र चित्रणको दृष्टिकोणले बैङ्किङ कसुर, पेनिबा, नोटबुकः एक रहस्य, पुरानो हुँदैन माया, लेखकको आत्महत्या, नरोजेको बाटो, डान्सरबारमा छापा कथाहरू उत्कृष्ट छन् ।
पेनिबा सङ्ग्रहित कथाहरू परम्परागत नेपाली कथा लेखनभन्दा फरक रहेको छ । कथामा एउटै विषय वा पात्रलाई लगातार उल्लेख नगरेर फरक अनुच्छेदमा फरक विषय, पात्र र प्रसंगहरू उल्लेख गरिएकोले कथाले पाठकलाई उत्साहित बनाउनुको साथै विविध विषयमा ज्ञान प्राप्त हुने देखिन्छ । एक असल लेखकले समाजको कमजोरीहरू मात्र औल्याउँदैन, साहित्यमार्फत उन्नत समाज निर्माणको लागि अहम् भूमिका निर्वाह गरेको हुन्छ ।
पेनिबाभित्रका कथाहरू वर्तमान समयको पेरिफेरिमा रहेको हुँदा युवापुस्ताको मन जित्ने देखिन्छ । अधिकांश कथाहरूमा कहीं न कहीं युवा प्रतिनिधि पात्रहरू भेटिन्छ । कथाको पात्रहरू युवा हुनुको साथै उनीहरूमा व्यक्तिगत उत्साह, पारिवारिक, सामाजिक र सांस्कृतिक ज्ञानको प्रभाव रहेको छ । प्रविधिको विकासले समाजको सबै वर्ग र क्षेत्रलाई प्रभावित बनाएको वर्तमान अवस्थामा युवाहरूको सरोकारको विषयहरूमा साहित्य लेखिनु जायज छ ।
कथा लेखनको भूगोल नेपाल र केही नेपाल बाहिर (हङकङ) रहेको पाइन्छ । जति नेपालको विषयवस्तुहरू व्यक्तिगत र सामाजिक हिसाबले गहिरो सँगले कथामा उत्खन्नन् गरिएको छ । तर बाहिरको परिवेशमा लेखिएका कथाहरू सतही मात्र हो कि भन्ने लाग्न सक्दछ । साहित्य सिर्जनाका लागि कुनै पनि वस्तु स्थितिको आवरण मात्र देखेर हुँदैन । भित्रैबाट अध्ययन र वैचारिक चिन्तन हुन आवश्यक छ । लेखक आफू जन्मे हुर्केको गाउँठाउँ, समाज र देशको बारेमा जति जान्दछ, बुझ्दछ र साहित्य सिर्जनामा व्यक्त गर्न सक्दछ भने बाहिरी परिवेशलाई साहित्यमा उतार्नु सहज छैन भन्ने कथाले बताउँछ । साहित्यिक कृति चौबाटोको सालिकजस्तै हो, यसलाई विभिन्न कोणबाट व्याख्या विश्लेषण गर्न सकिन्छ ।
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो