काठमाडौं-विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा फ्रान्ससँग ४–३ ले पराजित भएपछि चर्चित सुपरस्टार फुटबलर लियोनल मेसीको अर्जेन्टिना बाहिरिएको छ । शनिबार भएको खेलमा अर्जेन्टिनालाई १ गोल अन्तरले पराजित गरेपछि दुई पटकको विश्वविजेता फ्रान्स भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सका लागि १९ वर्षीय युवा स्ट्राइकर केलियन एमबाप्पेले २ गोल गरे । १३ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको फ्रान्सका लागि एन्टीनियोग ग्रिजम्यान र बेन्जामिन पाभाडले एक एक गोल गरे ।
१३ मिनेटको फ्रान्सको गोलका बाबजुद पनि अर्जेन्टिनाले ४१ मिनेटमा खेल बराबरीमा ल्यायो । अर्जेन्टिनाका लागि एन्जेलो डि मारियाले डि बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको सुरुवातीमै खेलको ४८ औं मिनेटमा लियोनल मेसीको सुन्दर प्रहारमा डिबक्स नजिकबाट मार्कोडोको खुट्टा छुदैं गएको बल गोलमा परिणत भएपछि अर्जेन्टिनाले अग्रता लियो । तर, त्यो अग्रता उसले धेरै समय बचाउन सकेन् ।
खेलको ५७ औं मिनेटमा फ्रान्सका लागि डिफेन्डर पभार्ड लुकासले गोल गरेपछि खेल बराबरीमा पुग्यो । ६४ मिनेटमा अर्जेन्टिनी कमजोर रक्षापंक्तिका कारण फ्रान्सले दोस्रो पटक खेलमा अग्रता लिन सफल भयो । एमबाप्पेले आफ्नो पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै उनले अर्जेन्टिनाको गोलपोष्टमा फ्रान्सको तर्फबाट अर्को गोल प्रहार गरेर फ्रान्सलाई ४–२ ले अगाडि बढाए ।
त्यसपछि अर्जेन्टिनाले गोल गर्न निकै समयसम्म सकेन् । इन्जुरी समयमा सर्जियो एग्युरोले हेड गोल गर्दै अर्जेन्टिनालाई ४–३ को अवस्थामा ल्याएपछि त्यो ढिला भइसकेको थियो । त्यसपछि उसले थप गोल गर्न धेरै समय नै थिएन । यससँगै ३१ वर्षीय चर्चित फुटबल स्टार लियोनल मेसीको विश्वकप जित्ने सपना यस पटक तुहिएको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध