काठमाडौं-विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा फ्रान्ससँग ४–३ ले पराजित भएपछि चर्चित सुपरस्टार फुटबलर लियोनल मेसीको अर्जेन्टिना बाहिरिएको छ । शनिबार भएको खेलमा अर्जेन्टिनालाई १ गोल अन्तरले पराजित गरेपछि दुई पटकको विश्वविजेता फ्रान्स भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सका लागि १९ वर्षीय युवा स्ट्राइकर केलियन एमबाप्पेले २ गोल गरे । १३ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको फ्रान्सका लागि एन्टीनियोग ग्रिजम्यान र बेन्जामिन पाभाडले एक एक गोल गरे ।
१३ मिनेटको फ्रान्सको गोलका बाबजुद पनि अर्जेन्टिनाले ४१ मिनेटमा खेल बराबरीमा ल्यायो । अर्जेन्टिनाका लागि एन्जेलो डि मारियाले डि बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको सुरुवातीमै खेलको ४८ औं मिनेटमा लियोनल मेसीको सुन्दर प्रहारमा डिबक्स नजिकबाट मार्कोडोको खुट्टा छुदैं गएको बल गोलमा परिणत भएपछि अर्जेन्टिनाले अग्रता लियो । तर, त्यो अग्रता उसले धेरै समय बचाउन सकेन् ।
खेलको ५७ औं मिनेटमा फ्रान्सका लागि डिफेन्डर पभार्ड लुकासले गोल गरेपछि खेल बराबरीमा पुग्यो । ६४ मिनेटमा अर्जेन्टिनी कमजोर रक्षापंक्तिका कारण फ्रान्सले दोस्रो पटक खेलमा अग्रता लिन सफल भयो । एमबाप्पेले आफ्नो पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै उनले अर्जेन्टिनाको गोलपोष्टमा फ्रान्सको तर्फबाट अर्को गोल प्रहार गरेर फ्रान्सलाई ४–२ ले अगाडि बढाए ।
त्यसपछि अर्जेन्टिनाले गोल गर्न निकै समयसम्म सकेन् । इन्जुरी समयमा सर्जियो एग्युरोले हेड गोल गर्दै अर्जेन्टिनालाई ४–३ को अवस्थामा ल्याएपछि त्यो ढिला भइसकेको थियो । त्यसपछि उसले थप गोल गर्न धेरै समय नै थिएन । यससँगै ३१ वर्षीय चर्चित फुटबल स्टार लियोनल मेसीको विश्वकप जित्ने सपना यस पटक तुहिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा