भैरहवाबाट राजधानी पाइला चाल्दै गर्दा उनी १६ की कलिली थिइन् तर महत्वांकाक्षा परिपक्व । राजधानी आएर उच्च शिक्षाबाहेक रंगीन दुनियामा रम्ने उनको सपना अहिले केही हदसम्म पुरा पनि भएको छ । ‘तर, संघर्ष अझै जारी छ’, दुईवटा म्यूजिक भिडियो गरिसकेकी १९ वर्षीया प्रियंका सिंह भन्छिन्, ‘सिनेमा र मोडलिङको व्यवसायिक विकासले थप आशावादी छु ।’
घरकी एक्लो छोरी उनलाई पारिवारिक साथले पनि यस क्षेत्रमा होमिन खासै अप्ठेरो परेन । रंगीन दुनियामा ‘सम्झौता’ शब्द खुब सुन्नु परेपनि प्रियंकालाई कसैबाट शोषित हुनुपर्ने अवस्था आएको छैन् । ‘आफूमा पनि भर पर्ने कुरा हो’, यौन शोषणको जोखिमबारे उनी प्रष्ट छिन् ।
दुई वर्षअघि मानव सुवेदीको कसैले… र त्यसको वर्ष दिनपछि गोपाल बानिया क्षेत्रीको दुई चुल्ठी…बोलको गीतमा मोडलिङ गरेपछि प्रियंकालाई ख्याती होइन, आत्माविश्वास चाहिं बढेछ । ‘अवसर पाए केही गर्न सक्छु भन्ने आत्माविश्वास बढेको छ’, उनले सुनाइन् ।
नाचकी सौखिन प्रियंका अहिले ब्युटिसियन तालिममा व्यस्त छिन् । फूर्सदमा जुम्बा डान्स र फिटनेसतिर उनको समय बितिरहेको छ । अडिसन र फोटो सुटले पनि केही समय लिइरहेको उनले जनाइन् ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते