लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते


लन्डन । लन्डनको उत्तरी क्षेत्रमा दुई वटा रेलहरू शनिबार एक आपसमा ठोक्किर दुर्घटना हुँदा रेल चालकको मृत्यु भएको छ । दुर्घटनामा ८९ जना घाइते भएको बेलायती प्रहरीले जनाएको छ ।

इस्ट मिडल्याण्ड्स रेलवे (इएमआर) का अनुसार बेलायतको राजधानीबाट ५६ किलो मिटर उत्तरमा रहेको शहर बेडफोर्ड नजिकै दुर्घटना भएको हो । चालकको घटनास्थलमै मृत्यु भएको जनाउँदै प्रहरीले विज्ञप्ति जारी गरेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाईते भएका ३३ जनालाई अस्पताल लगिएको उल्लेख गर्दै ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रेलमा सवार यात्रुलाई उदृत गर्दै बीबीसीले रेल लन्डनको सेन्ट प्यानक्रास स्टेसनतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री