राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन

लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन हुनुभएको छ ।

शाखाको आइतबार २१ मंसिर २०८२ (७ डिसेम्बर २०२५) मा सम्पन्न भएको ११औं वार्षिकसाधारणसभा तथा पाँचौं अधिवेशनले मनसुधनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति प्रथम उपाध्यक्षमा कल्पना श्रीपाल, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ र महिला उपाध्यक्षमा कौशिला थापा चुनिनु भएको छ ।

यस्तै सचिव रेशमबहादुर पाचे मगर, सहसचिव धर्म लामा गुरुङ, महिला सचिव निता गुरुङ, कोषाध्यक्ष जीतबहादुर काउचा र सह-कोषाध्यक्षमा भिम आले मगर चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरूमा मिन गुरुङ,दिनेश गुरुङ, कुमार गुरुङ, तारा गर्बुजा, रूक आले, निर्मला राना, सन्तोष पुन, पवन राना, भुपी पौडेल, आश्मा छन्त्याल, निरूशा भट्टराई, खेम आले, श्रृजना गुरुङ, बेनिता गुरुङ, यज्ञ बिक र रेखा कोइराला चुनिनु भएको छ । नयाँ कार्यसमितिको कार्यकाल वि.सं. २०८२-२०८५ (सन् २०२५-२०२८) सम्म रहनेछ ।

नयाँ कार्यसमिति चयन गर्नका लागि अनिल मल्लको संयोजकत्वमा निर्वाचन कमिटी बनाइएको थियो ।

अधिवेशन उद्घाटन सत्र निवर्तमान अध्यक्ष लक्षमण रानाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री