
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ ।
सङ्घले ५५ हजार ५५५ रुपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ कुवेरराज गिरीलाई, ५१ हजार रुपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ वैकुण्ठराज पराजुलीलाई, ५१ हजार रुपैयाँ राशिको दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ सुरक्षा भट्टराईलाई र २५ हजार रुपैयाँ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ मिलन ढुङ्गानालाई प्रदान गरेको हो ।
सङ्घद्वारा बिहीबार साँझ आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महानायक राजेश हमाल, कलाकारहरू वसुन्धरा भुसाल, भुवन चन्द, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा, सङ्घका अध्यक्ष समीर बलामीलगायतले सो सम्मान र पुरस्कार वितरण गर्नुभएको हो ।
महानायक हमालले आफूहरूले कलाकारिता थाल्दा कला क्षेत्र पेसागत रूपमा स्थापित नभएको अवस्थामा पत्रकारिताले यस क्षेत्रलाई थप स्थापित गराएको बताउनुभयो । उहाँले चलचित्र पत्रकारले कला क्षेत्रको प्रशंसा मात्रै गरोस् भन्ने आफूहरूको अपेक्षा नभए पनि आलोचना तत्थ्यपरक होस् भन्नेमा आग्रह गर्नुभयो ।
बोर्डका अध्यक्ष डिसीले चलचित्र पत्रकारितासँगको सहकार्यमा चलचित्र क्षेत्रको श्रीवृद्धिमा काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा चैत्यदेवी सिंह, अशोक शर्मा, बद्री पङ्गेनी, पल शाह, जितु नेपाल, सुरक्ष्या पन्त, नरेन्द्र महर्जन, उत्तम केसी, अरूणकुमार प्रधान, पुष्कर लामा, नारायण प्रधान, जनक कार्की, वसन्त थापालगायत सहभागी हुनुहुन्थ्यो ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल