
काठमाडौं । लोकप्रिय कलाकारहरु इन्दिरा गोले र बलवीर थापा प्राणघातक क्यान्सर (अर्बुद) रोगका कारण बिरामी पर्नुभएको छ ।
लोक तथा दोहोरी गीतका स्थापित कलाकार ललितपुर भारदेउकी इन्दिरालाई पेटको भागमा क्यान्सर र तनहुँ भानु नगरपालिकाका बलवीरलाई रक्त क्यान्सर भएको हो । नेपाल तामाङ कलाकार संघका पूर्वअध्यक्षसमेत रहनुभएकी गायिका गोले विगत दुई वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आउनुभएको छ । ५८ वर्षीया गोले हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचाररत हुनुहुन्छ ।

आफ्नो आर्थिक स्रोतले भ्याएसम्म उपचार गराउँदै आउनुभएकी गोलेको उपचारमा अब ठूलो रकम लाग्ने जनाउँदै नेपाल कलाकर संघले देश, विदेशमा रहेका नेपालीहरुमा सहयोगको अपिल गरेको छ । महासचिव खेम मोक्तानले शनिबार विज्ञप्ति जारी गर्नुहुँदै ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ सुरु गरिएको जानकारी दिनुभएको छ । अभियानको नेतृत्वमा कलाकार संघ रहेको छ भने म्हेन्दोला फोले फाउन्डेशन र तामाङ डाजाङ संयोजन सदस्य रहेका छन् ।
यस्तै गायक थापाले मेडिकल जाँच गर्दा ब्लड क्यान्सर देखिएकोले चिकित्सकको सल्लाहबमोजिम तत्काल सघन उपचार गराउनुपर्ने र उपचार खर्च अत्यन्तै महँगो पर्ने भएकोले सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?