लन्डन । जमाना फेशनको छ । नेपालका तन्नेरीहरु समेत अब समयानुकुल फेशन स्टाइलमा बेखवर रहेनन् । फेशन डिजाइनिङमा डेढ दशक बढि समय बिताइसकेकी फेशन स्टाइलिष्ट एवं डिजाइनर निलिमा शर्माको लामो अनुभवले भन्छ, ‘नेपालमा पनि नयां नयां फेशन अपनाउने प्रचलन बढेको छ । तर, अधिकांशमा अझै फेशन बुझ्ने चेतनास्तर कमीले यो क्षेत्र फष्टाउन बांकी छ ।’
यतिखेर न्यूयोर्कमा छन् निलिमा । उनको यसपटकको न्यूयोर्क घुमाइ केवल आफन्तजन भेटघाट र मनोरञ्जनमा मात्र सिमित छैन् । अमेरिकामा नेपालीहरुको जनसंख्या वृद्धि भइरहंदा निलिमाले आफ्नो क्रियटिभ फेशन स्टाइल अमेरिकावासी नेपालीमाझ समेत प्रबर्धन गर्न समय खर्चिरहेकी छिन् । ‘अमेरिकाका नेपालीलाई आफ्नो मौलिक नेपाली भेषभुषा उपलव्ध गराउनेबारे सम्भावनाको खोजी गरिरहेकी छु’, उनले न्यूयोर्कबाट भनिन् ।
वाल्यकालदेखिनै ड्रेसअपमा धेरै सौखिन थिइन् निलिमा । साथीभाइ, नेपाली संकुचित समाजले जे भनोस्, उनलाई वास्ता थिएन । कानमा ठूलठूला रिङ हुन्थे, आमाको सारी लगाएर यतायता डुल्थिन् उनी । अवोध वालिका हाइ हिलमा ठांटिएर हिंड्दा धेरैको नजर उनीमाथि पथ्र्यो । सानैदेखि आफूलाई सधैं पृथक स्टाइलमा उभ्याउन चाहने उनलाई सिनेमाको हिरोइन बन्ने भुत सवार भएको थियो वाल्यकालमा । तर, समयले उनलाई एक्सन कट होइन, भेषभुषामा रंग र बुट्टा भर्ने काम सिकाएको छ, अर्थात एक नामी फेशन स्टाइलिष्ट र डिजाइनर बनाएको छ ।
अहिले नेपालमा औंलामा गन्न सकिने फेशन स्टाइलिष्ट एवं डिजाइनरमध्ये उनको नाम अग्रपंक्तिमा छ । नमुना कलेज अफ फेशन टेक्नोलोजीकी ग्रयाजुएट उनको सन् २००९ मा सिटी सेन्टरमा स्थापित निलिमाज् फेशन स्टुडियो अहिले नयां बानेश्वरबाट चालु छ । चाहे सेलिब्रेटी हुन्, चाहे काठमाण्डौंका धनाढ्य । आधुनिक फेशनका पारखी निलिमाको कलात्मक डिजाइनबाट अत्यधिक प्रभावित छन् ।
‘विश्व बजारमा फेशनका नयां आयामलाई म नजिकबाट नियालिरहेको हुन्छु, पत्रपत्रिका पढ्छु र केही नयां कुरा सिक्न लालयित भइरहन्छु’, उनी सफलताको कारण प्रष्ट्याउंछिन् । फेशन दुनियांमा उनको परिकल्पना क्षितिज ज्यादै फराकिलो छ । यसप्रतिको उनको लगाव अब सजिलै मेटिने छैन् अर्थात उनी सकुन्जेल यही क्षेत्रमा लागिरहनेछिन् ।
निलिमाको पाइला नेपाली सिनेमातिर पनि बढेको छ । उनले हालसम्म के यो माया हो, वान वे, कवड्डी, टलक जंग भर्सेज टुल्के, देश खोज्दै जांदा, फेसबुक, भिजिलान्ते, आभास, बितेका पल लगायत फिल्मका लागि फेशन डिजाइनिङ गरिसकेकी छन् ।
निलिमाको क्रियशनको सही मुल्यांकन समेत भइरहेको छ । नेपाल चलचित्र प्राविधिक संघले वर्षेनी एक जना उत्कृष्ट कस्ट्युम डिजायनरलाई प्रदान गर्ने नेफ्टा अवार्ड २०१३ र २०१४ जितिन् उनले फिल्म के यो माया हो र बितेका पलका लागि । फिल्मी खबरले प्रदान गर्ने २०१४ सालको पपुलर कस्ट्युम डिजाइनरको अवार्ड पनि उनले ग्रहण गरिसकेकी छिन् । यस अलवा डि सिने अवार्ड अन्तर्गतको इन्करेज्मेन्ट अवार्ड २०१४ देखि सगरमाथा प्रतिष्ठानले प्रदान गर्ने कस्टयुम विद्याको नेपाल सम्मान समेत निलिमाको पोल्टामा परिसकेको छ । आफैं फेशन पढेको नमुना कलेजले समेत उनलाई हालै मेरिटोरिओस् अवार्ड प्रदान गरेको छ ।
अरु धेरैको फेशन डिजाइन गर्ने उनी आफू चाहिं कस्तो पहिरन मन पराउंछिन् ? उनकै शब्दमा, सारी र इभिनिङ गाउन, एक्सेसोरिज् र ज्वेलरी औधि मन पर्छ मलाई ।
सन् २०१० को टिजिफ फेशन विकमा निलिमाको अद्भूत सफलतालाई धेरैले तारिफ गरेका थिए । भर्सटायल निलिमा फेशन स्टाइलिष्ट र डिजाइनर मात्र होइनन्, उनलाई गायनमा पनि उत्तिकै सोख छ । देश विदेश घुम्नु उनको अर्को सौख हो जसले निलिमा आफूलाई धेरै क्रियटिभ हुन सघाएको बताउंछिन् ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम