
लन्डन । भिन्न भिन्न हुन्छन् मानिसका सौख, जागिरको रोजाइ पनि फरक फरक । कोही टेवल वर्कमा आनन्द लिन्छन् । कसैलाई आकाशमा उड्न रहर लाग्छ भने कोही समुद्रमा तैरिन रमाउंछन् । यिनै मध्ये समुद्रमा दिनचर्या बिताइरहने सुन्दरी हुन् नित्यासिंह ठकुरी । कुनै जमाना नेपालमा रेम्प र विज्ञापन मोडलिङमा रमाइरहेकी ति सुन्दरी अहिले खाडी मुलुक दुबईमा छिन् । खाडीका नेपाली महिला कामदार भन्नासाथ धेरैलाई उनीहरुको कष्टकर जीवन झल्को आउंछ । तर, त्यो दारुणिक अवस्था नित्याले कहिल्यै चाल पाइनन् । ‘जागिर र तलव सुविधा आफ्नो क्षमतामा पनि भर पर्छ’, उनी भन्छिन् ।
त्यहांको लाइभस्टाइल र आम्दानीबाट सन्तुष्ट रहेको नित्याले बताइन् । ‘करिब आठ वर्ष अवधिमा मैले होटल व्यवस्थापन, इभेन्ट म्यानेजमेन्ट, हस्पिटालिटी, फाइन डाइन, कष्टमर सर्भिस्, ककटेल बार टेण्डिङ, खाना तयारी आदिमा पोख्त हुनुलाई एउटा उपलब्धि मानेको छु’, जागिरबाट प्रसन्न छिन् उनी ।
निलकण्ठ १ धादिङ बजारकी नित्या सन् २००८ नोभेम्बर यता दुबईस्थित एउटा कम्पनीमार्फत क्लाउड ९ नामक पानी जहाजमा तैरिरहेकी छिन् सोल स्टेवार्डस् रुपमा । इन्टेरियरको सम्पूर्ण जिम्मेवारीदेखि शाही परिवार र भिभिआइपी गेष्टहरुको सत्कार अनि सेवा उनको दायित्वभित्र पर्छ ।
४० दशमलव ६ मिटर लामो र १८ नटिकल माइल प्रति घण्टा चल्ने उनी आवद्ध पानी जहाज दुबईबाट इटली, मोन्टेनेग्रो, क्रोएसिया, ग्रीस, टर्कीसम्म पुग्छ तर नित्या समरमा विदा मनाउन युरोपसम्म पुगेपनि उनको कर्मथलो भने दुबई जेवेल अली नै हो । जहाज मालिक दुबईवासी धनाढ्य भएकाले पनि नित्याले पारिवारिक वातावरणमा दुबईमै काम गरिरहेकी हुन् ।
सन् २००७ देखि २००९ सम्म साथीहरुको आग्रहमा मोडलिङ गरेकी उनी त्यसलाई व्यवसायिक भन्दा पनि सौखका रुपमा लिने बताउंछिन् ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते