
उत्तर कोरियाली नेता उनलाई चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्वागत गर्दै सिंगापुरका विदेशमन्त्री डा. भिभियन बालाकृष्ण । उक्त तस्विर सिंगापुर विदेश मन्त्रालयले सार्वजनिक गरेको हो । तस्विर- एपी
सिङ्गापुर, २७ जेठ – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजै पुग्ने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच यही जुन १२ अर्थात् आगामी मंगलबार सिङ्गापुरमा भेटवार्ता हुंदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेका छन् ।
सिङ्गापुर सरकारले यस वार्ताको अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ । उता उत्तर कोरियाले पनि आफूले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको ‘जी सेभेन’ समूहको बैठकका लागि शनिबार क्यानाडा पुगेका छन् । उनी त्यतैबाट आइतबार सिङ्गापुर जाने तयारीमा रहेको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले क्यानडाबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसअघि नै बताएका थिए । उनले क्यानाडा प्रस्थान गर्नुअघि शनिबार भनेका थिए– ‘म त्यतैबाट सिङ्गापुर जान्छु तर सिङ्गापुरमा बसाई कति दिन हुन्छ भन्ने कुरा जुन १२ को पहिलो वार्तापछि मात्र थाहा हुन्छ ।’
किमले आइतबार नै यहांका राष्ट्रपतिसंग द्विपक्षीय भेटवार्ता गर्ने तयारी गरेका छन् । सिङ्गापुरको विदेश मन्त्रालयले आइतबार उत्तर कोरियाली नेता र सिङ्गापुरका राष्ट्रपतिबीच भेटवार्ता हुने र सोमबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्प र सिङ्गापुरका राष्ट्रपतिबीच पनि भेटवार्ता हुने तय भएको जानकारी दिएको छ ।
अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ताप्रति विश्वको नै चासो बढेको छ । यस वार्ताको बारेमा विश्वकै सञ्चारमाध्यमहरुले पनि चर्चा गरिरहेका छन् । वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन् ।
यसैबीच सिङ्गापुरबाट प्राप्त समाचारअनुसार विश्वका कैयौं देशका पत्रकार पनि सिङ्गापुरमा जम्मा भएका छन् । पत्रकारहरुमध्ये सबैभन्दा धेरै अमेरिकी छन् । यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारले होटल बुकिङ गरेका र ठूलो संख्याका फोटो पत्रकारहरु पुगेका समाचार आइरहेका छन् ।
यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ ।
गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मंलबारको शिखर वार्ताको वातावरण बनेको थियो ।
सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ ।
आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाई छ ।
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी